2 April 2025
KALIKATIMES.COM

कुमारी बै‌ंकको ग्राहकवर्गलाई सात्विक आयुर्वेद अस्पतालमा सहुलियत

वीरगञ्ज । सात्विक आयुर्वेद अस्पतालमा उपचार गराउने कुमारी बैंक लिमिटेडका ग्राहकवर्गले सहुलियत पाउने भएका छन ।

आफ्ना ग्राहकवर्गलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

वीरगंजस्थित सात्विक आयुर्वेद अस्पतालका प्रमुख चिकित्सक डा.प्रभाकर मनु र कुमारी बैंकलिमिटेड प्रदेश–२ का प्रदेश प्रमुख सिद्घार्थ सिंहले सोमबार संयुक्तरुपमा सम्झौता पत्रमा हस्ताक्षर गरि सेवा सम्बन्धमा सम्झौता गरेका हुन ।

सम्झौता अनुसार अब कुमारी बैंकका ग्राहकवर्गले सात्विक आयुर्वेद अस्पतालमा ओ.पि.डि, प्याथोलोजी सेवा, पँचकर्म सेवा र औषधीमा ५% सम्म छुट पाउने छन । त्यस्तै फिजियोथेरापी, लगायत आइ.पि.डि. (बेड चार्जेज) मा ग्राहक वर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बताईएको छ ।

सम्झौता समय बैंकको प्रदेश–२ कर्जा अधिकृत अमित सर्राफ, संचालन अधिकृत रंजित कुमार यादव तथा अस्पतालको संचालक विटु कुमारी शाहको उपस्थिति रहेको थियो ।

आयुर्वेद अस्पतालले मधुमेह, थाईराइड, उच्च रक्तचाप, याैन सम्बन्धि समस्याहरु, किड्नी पथरी, पित थैली पथरी, पाइल्स, बांझाेपन, बालबालिका सम्बन्धि समस्याहरु, मानसिक समस्याहरु, माईग्रेन, टाउकाे दुखाई, निद्रा सम्बन्धि समस्या, गैस्ट्रिक तथा कब्जियत लगायतका उपचार सेवा दिदै आएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.451 sec. Memory consumption:82.49 mb