30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

माछापुच्छ्रे बैंकका कार्ड हाेल्डरहरुलाई सात्विक आयुर्वेेद अस्पतालले छुट दिने

वीरगंज । माछापुच्छ्रे बैंक प्राइभेट लिमिटेड वीरगंज र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र वीरगंज बिच शु्क्रबार एक सम्झाैता भएकाे छ ।

सम्झाैताका अनुसार माछापुच्छ्रे बैंकमा खाता भएका कार्ड हाेल्डहरुले सात्विक आयुर्वेद अस्पतालमा सेवा लिदा ५ देखी १० प्रतिशत सम्म छुट पाउने छन् । माछापुच्छ्रे बैंकका खाताधारी तथा कार्ड हाेल्डहरुले अस्पतालकाे सेवा, परामर्श र औषद्धि खरीदमा छुट पाउने अस्पतालका प्रमुख चिकित्सक डा. प्रभाकर मनुले वताए ।

अस्पतालले माछापुच्छ्रे बैंकका खाताधारीहरु तथा कार्ड हाेल्डरहरुलाई ओपिडि, प्याथलाेजी, मेडिसिनमा ५ प्रतिशत र पंचकर्मा, फिजियोथेरेपी, आईपीडी (बेड चार्ज) मा १० प्रतिशत छुट प्रदान गरिने उनले जानकारी दिए ।

सम्झाैता पत्रमा माछापुच्छ्रै बैंक वीरगंज शाखाका प्रबन्धक मनिष उपाध्याय, सर्भिस म्यानेजर किरण केसी, सरस्वती पाैडेल, अस्पतालका प्रमुख चिकित्सक डा. प्रभाकर मनु र साझेदार विट्टु  कुमारी साहले हस्ताक्षर गरेका छन् ।

साे सम्झाैता पत्र वीरगंज घडिअर्वास्थित रहेकाे आयुर्वेद अस्पतालमा भएकाे एक कार्यक्रमकाे बिच एक अर्कालाई हस्तान्तरण गरिएकाे थियाे ।

अस्पतालले मधुमेह, थाईराइड, उच्च रक्तचाप, याैन सम्बन्धि समस्याहरु, किड्नी पथरी, पित थैली पथरी, पाइल्स, बांझाेपन, बालबालिका सम्बन्धि समस्याहरु, मानसिक समस्याहरु, माईग्रेन, टाउकाे दुखाई, निद्रा सम्बन्धि समस्या, गैस्ट्रिक तथा कब्जियत लगायतका उपचार सेवा दिदै आएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.342 sec. Memory consumption:81.46 mb