Date
आइत, चैत्र १५, २०८२
Sun, March 29, 2026

आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष यादव सेवा निवृत्त, संगठनद्वारा विदाई

वीरगंज । निजामती कर्मचारीहरुकाे आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष सुबदार यादव निजामती सेवाबाट सेवा निवृत्त भएका छन् ।

- Advertisement -

सेवा निवृत्त भएका अध्यक्ष यादवलाई उनी आवध रहेका नेपाल निजामती कर्मचारी संगठन पर्साले आइतबार एक कार्यक्रमकाे बिच बिदाई गरेकाे छ । सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगंजका भएकाे कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमिति कुमार गिरी, नेपाली निजामती कर्मचारी युनियन संघका केन्द्रिय सदस्य मनाेज तिवारी, राजेश्वर प्रसाद तेली, मदन सत्याल लगायतकाले गमछा, फुलकाे माला र अविरकाे टिका लगाएर विदाई गरेका थिए ।

सघन सहरी तथा भवन निर्माण कार्यालय वीरगंज मै कार्यरत रहेका यादवकाे विदाई गर्दै कार्यक्रमका सहभागिहरुले अगामी जीवन शुखमय हाेस भन्दै शुभकामना समेत व्यक्त गरेका थिए ।

उनी नेपाल निजामती कर्मचारी संगठनबाट नै निर्वाचित भएर निजामती कर्मचारीहरुकाे आधिकारिक ट्रेड युनियनकाे अध्यक्ष भएका थिए । यादव निजामती कर्मचारी भएर ३७ बर्ष सेवा गरेपछि ५८ बर्षकाे उमेर नियमित अवकाश पाएका हुन् ।

ताजा अपडेट

शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

ओली र लेखकको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, साेमबार सुनुवाइ

काठमाडौँ । केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ। अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले ओलीलाई गैरकानुनी रूपमा...

पीडित हरिकलाका अभिभावकलाई ५० हजार सहयोग

वीरगंज । श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काटिएको घटनाकी पीडित हरिकला देवी सहनीका अभिभावकलाई आर्थिक सहयोग प्रदान गरिएको छ। पर्साको पर्सागढी नगरपालिका–३, विरुवा टोल निवासी...

श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काट्ने श्रीमान पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै श्रीमतीमाथि क्रूर आक्रमण गरी खुट्टा काट्ने श्रीमानलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार मिति २०८२ चैत १ गते...