Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

कोरोना कहरमा किशोर/किशोरीको अवस्था र अभिभावकको भुमिका

spot_img
spot_img

-प्रकाश पाण्डे //

कोरोना भाइरसको महामारीले निम्त्याएको बन्दाबन्दीले गर्दा हामी सबैको दैनिक क्रियाकलाप प्रभावित हुन पुगे ।नेपालका दुबै छिमेकी मुलुक लगायत युरोप, अमेरिका र विकसित राष्ट्रको शक्ति, सन्तुलन र हैसियतलाई समेत नराम्रोसँग खल्बल्याई दिएको छ । कोरोना महामारीले मजदुर, किसान, दैनिक ज्यालादारीमा निर्भर असंगठित श्रमिक, न्यून वैतनिक कर्मचारी, बेरोजगार र विद्यार्थीको अवस्था आ–आफ्नै प्रकारले सब भन्दा बढी प्रभावित भएको छ । वयस्क र वृद्ध अवस्थाका मानिसको शारीरिक र मानसिक स्वास्थ्यका बारेमा चर्चा भए पनि किशोरा अवस्थाका व्यक्तिहरूका विषयमा कमै चासो हुने गरेकाे छ । किशोर/किशोरी उमेर गत हिसावले गर्दा घर परिवारमा पनि एक्लिएर बस्न रुचाउने भएकाले पनि त्यो उमेर समूहको समस्याका विषयमा कम चर्चा भएको हुन सक्छ । तर जीवनको एउटा अप्ठेरो मानसिक, शारीरिक र भावनात्मक उथलपुथल लिएर आउने समय भनेकै किशोरा अवस्था हो । अझ यो कोरोनाले उत्पन्न गरेको अत्यास लाग्दो अवस्थामा ती भावनात्मक उथलपुथल र एक्लोपनको मनोभावनाले उनीहरूको मानसिक अवस्थालाई अझ जटिल बनाउदै लगिरहेको हुन्छ।

किशोरावस्थामा पहिले भन्दा कम बोल्ने, एकोहोरो हुने, झर्कीफर्की बढी गर्ने र चाँडै रिसाउने गर्छन् । किशोर/किशोरीबाट अभिव्यक्त दिक्दारीहरूमा पनि समानता भेटिन्छ ।घरमा अभिभावकले निरन्तर पढ्भने र दिनेदबाब वा साथीहरूसँग भेट्न नपाउँदा कापी डाले ल्याएको दिक्दारी नै उनीहरूले अभिव्यक्त गरेका हुन्छन् ।बुझ्नु पर्ने कुरा के छ भने यी दिक्दारी मध्ये कतिपय तात्कालिन अवस्था र परिवेशले ल्याएको भावनात्मक बह मात्रै हो भने कतिपय चाहिँ मानसिक समस्याको संकेत हो । 

किशोरावस्थामा उत्पन्न मानसिक समस्याले जीवनभर पिरोल्ने सम्भावना धेरै हुन्छ, त्यसैले पनि यो प्रतिकूल परिस्थितिमा उनीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर उचित वातावरण बनाउने र त्यसै अनुरूप व्यवहार गरियो भने उनीहरू भविष्यका लागि थप सबल हुनेछन्, गुणस्तरीय जीवन बिताउन सक्षम हुनेछन् ।

किशोरावस्थामा प्राकृतिकरूप मै मानिस आफ्नै उमेर समूहमा साथीहरूसँग बढी हिमचिम गर्ने, विपरीत लिङ्गीप्रति आकर्षित हुने, विचार र भावनासाट्ने, आफ्नो पहिचान खोज्नेको काेसिस गरिरहेका हुन्छन् ।कोरोना महामारीले गर्दा उनीहरूको दैनिकी फेरि रहेको छ । विद्यालय वा कलेज जान पाएका छैन । जसले गर्दा साथीहरूसँग समय बिताउन पनि पाएका छैनन् । भने खेलकुद पनि छुटेको छ । विभिन्न खाले सम्बन्धमा रहेका विपरीत लिङ्गीसँगको कुराकानी कम भएका वा रोकिएका छन् । 

यस्तो अवस्थामा बालबालिकालाई झैं उनीहरूलाई जतिखेर पनि ध्यान दिइराख्नु पर्दैन तर अभिभावकहरूले उनीहरूको भावना, विचार र व्यवहारमा भने ध्यान दिनै पर्छ । केही समस्या देखिए त्यसलाई संवेदनशील तरिकाले सम्बोधन गर्न पनि उत्तिकै जरुरी छ । बन्दाबन्दीका कारण सिर्जित तनावमा उनीहरूले उचित मार्गनिर्देशन खोजिरहेका हुन्छन् । अभिभावकहरूले यो पक्षमा ध्यान दिन आवश्यक छ । अभिभावकले आफ्ना किशोरावस्थाका छोराछोरीका कुरा राम्ररी सुन्ने, चित्त नबुझेका कुरामा पनि तुरुन्तै प्रतिकूल प्रतिक्रिया नदिने र आफूलाई शान्त रूपमाप्रस्तुत गर्ने व्यवहारले उनीहरूलाई आफ्ना समस्या राख्न उत्प्रेरित गर्छ ।सानो कुरा नमिल्दा वा बिग्रँदा पनि निराश हुने वा रिसाउने किशोरावस्थाका भावहरू अभिभावकले बुझ्न सक्नु पर्छ र त्यसैगरी ग्रहण गर्न सक्नु पर्छ । यो अवस्थामा अभिभावकले साथीसँग कुराकानी गर्ने वातावरण, समय र गोपनीयताको विषयलाई पनि ख्याल गरिदिनुपर्छ र त्यसै किसिमको वातावरण बनाइदिनु पर्छ । अर्को भनेको यो उमेरमा उनीहरू निकै ऊर्जावान, सिर्जनात्मक र प्रयोग गर्न रुचाउने भएकाले विभिन्न चुनौतीपूर्ण काम गर्न प्रेरित गर्न सकिन्छ ।सिर्जनात्मक चुनौतीहरू समाधान गर्न खोज्ने प्राकृतिक व्यवहारका कारण उनीहरूलाई त्यस्ता काममा प्रेरित गर्न सकिन्छ ।समग्रमा भन्ने हो भने किशोरावस्थामा उत्पन्न मानसिक समस्याले जीवनभर पिरोल्ने सम्भावना धेरै हुन्छ । त्यसैले पनि यो प्रतिकूल परिस्थितिमा उनीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर उचित वातावरण बनाउने र त्यसै अनुरूप व्यवहार गरियो भने उनीहरू भविष्यका लागि थप सबल हुनेछन्, गुणस्तरीय जीवन बिताउन सक्षम हुनेछन् । हामीलेकिशोरावस्थाका छोरा/छोरीलाई दिने त्यो भन्दा राम्रो उपहार केही हुन सक्दैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...