Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगञ्जमा ल्यान्स क्लब अफ आइटी प्रोफेसनल्स गठन

spot_img
spot_img

वीरगञ्ज । सूचना प्रविधि क्षेत्रमा आबद्ध रहेर काम गर्दै आएको व्यक्तिहरुको समुहको वीरगञ्जमा लायन्स क्लब अफ आइटी प्रोफेसनल्स गठन भएको छ ।

वीरगञ्ज महानगरपालिका विर्तास्थित अन्नपूर्ण होटलमा आयोजित एक कार्यक्रम बीच आइटी व्यवसायी दीपक साहको अध्यक्षतामा २५ सदसिय कमिटि गठन गरिएको हो ।

नव गठित कमिटीकाे प्रथम उपाध्यक्षमा आलोक कुमार चौरसिया, दोस्रो उपाध्यक्षमा विरेन्द्र यादव र तेस्रो उपाध्यक्षमा दिगम्बर सिंह मनोनित भएका छन् । त्यसैगरी क्लबको सचिवमा आशु कुमार सर्राफ र कोषाध्यक्षमा सुरुची श्रेष्ठलाई मनोनित गरिएको छ ।

क्लबको सह-सचिवमा सचिन साह, सह-कोषाध्यक्षमा सञ्जय कर्मी, क्लब सदस्य प्रमुख निता अगरवाल, क्लब एलसीएफ संयोजकमा प्रशान्त कुमार, क्लब सर्भिस प्रमुखमा श्रीज्नेश प्रकाश, क्लब मार्केटिङ्ग कम्युनिकेसन प्रमुखमा जीवन प्रकाश गुप्ता, क्लब निर्देशकमा डा. हरिशंकर साह, विजय कुशवाहा, टेमरमा आशिष दारुका र टेल ट्विसटरमा अर्जुन साह रहेका छन् । 

अन्तराष्ट्रिय लायन्स क्लबका पूर्व अध्यक्ष सञ्जय खेतान र ल्यान्स क्लबको जिल्ला स्ट्राटेजी चिफ डीएन अगरवालको विशेष उपस्थितिमा  कमिटी गठन गरिएकाे नव गठित क्लबका सचिव आशु सर्राफले वताए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै अन्तराष्ट्रिय लायन्स क्लबका पूर्व अध्यक्ष खेतानले आईटी क्षेत्रमा लागेका व्यक्तिहरु अगाडी आएर आफ्नो सामाजिक उत्तरदायित्व बुझ्दै सामाजिक संस्थामा लाग्नु सराहनीय कार्य भएको बताए ।

त्यसैगरी कार्यक्रममा वाेल्दै नव गठित कमिटीका अध्यक्ष दीपक साहले आइटी क्षेत्रमा काम गर्दै आएको व्यक्तिहरुलाई एउटा छाता मुनि ल्याएर सामाजिक क्रियाकलापहरु गर्न र सामाजिक प्रतिको आफ्नो भूमिकालाई निर्वाह गर्न क्लब गठन गरिएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...