Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

उधाराे नतिरेकाे आक्राेसमा पसलवालाकाे आक्रमणले युवककाे ज्यान गयाे

spot_img
spot_img

वीरगंज । उधाराे खाएकाे रकम नदिएकाे आक्राेसमा पसलवालाकाे आक्रमणले एक युवककाे ज्यान गएकाे छ ।

सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ सथवल निवासी २४ बर्षिय उमेश ठाकुरकाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । आक्रमण गर्ने पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकाकाे रंगपुर टाडी निवासी ३० बर्षिय आनन्द दास थारुलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

थारुकाे आक्रमणले गम्भिर घाइते भएका मृतक ठाकुरलाई मंसिर २४ गते बुधबार वीरगंजस्थित एलएस न्युराे अस्पतालमा भर्ना गरिएकाे थियाे । उपचारकाे क्रममै अस्पताल मै शनिबार विहान ११ बजे ठाकुरकाे मृत्यु भएकाे उनकाे आफन्त शुभनारायण ठाकुरले वताए ।

उनका अनुसार मृतक ठाकुर केही समय पहिला रंगपुर टाडीस्थित रहेकाे थारुकाे नास्ता पसलमा उधाराे खाएका थिए । साेही उधाराे रकम नदिएकाे आक्राेशमा थारुले माेफलरले गला समाएर घाइते बनाएका थिए । उपचार कै क्रममा ३ दिन पछि मृत्यु भएकाे हाे ।

मृतककाे शव पाेष्टमार्टमपछि आफन्तहरुले बुझेर लगेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...