Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

उधाराे नतिरेकाे आक्राेसमा पसलवालाकाे आक्रमणले युवककाे ज्यान गयाे

spot_img
spot_img

वीरगंज । उधाराे खाएकाे रकम नदिएकाे आक्राेसमा पसलवालाकाे आक्रमणले एक युवककाे ज्यान गएकाे छ ।

सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ सथवल निवासी २४ बर्षिय उमेश ठाकुरकाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । आक्रमण गर्ने पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकाकाे रंगपुर टाडी निवासी ३० बर्षिय आनन्द दास थारुलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

थारुकाे आक्रमणले गम्भिर घाइते भएका मृतक ठाकुरलाई मंसिर २४ गते बुधबार वीरगंजस्थित एलएस न्युराे अस्पतालमा भर्ना गरिएकाे थियाे । उपचारकाे क्रममै अस्पताल मै शनिबार विहान ११ बजे ठाकुरकाे मृत्यु भएकाे उनकाे आफन्त शुभनारायण ठाकुरले वताए ।

उनका अनुसार मृतक ठाकुर केही समय पहिला रंगपुर टाडीस्थित रहेकाे थारुकाे नास्ता पसलमा उधाराे खाएका थिए । साेही उधाराे रकम नदिएकाे आक्राेशमा थारुले माेफलरले गला समाएर घाइते बनाएका थिए । उपचार कै क्रममा ३ दिन पछि मृत्यु भएकाे हाे ।

मृतककाे शव पाेष्टमार्टमपछि आफन्तहरुले बुझेर लगेका छन् । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...