Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

ट्रककाे ठक्करले गम्भिर घाइते भएका बहुदरमाईका शुसान्तकाे मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ स्थित वीरगंज पथलैया सडक खण्डकाे ज्याेति फर्म अगाडी भएकाे सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका बालककाे मृत्यु भएकाे छ ।

ना ६ ख २१०२ नम्बरकाे मिनी ट्रकले बुधबार सांझ ५ बजे ना ४१ प १५६५ नम्बरकाे माेटरसाइकललाई ठक्कर दिएकाे थियाे । ट्रककाे ठक्करले माेटरसाइकलमा सवार गम्भिर घाइते भएका पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं. ३ नगरदाहा निवारी मनाेज साहकाे छाेरा बर्ष १४ का शुसान्त साहकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

माेटरसाइकल चालक पर्सा जिल्ला पटेर्वा सुगाैली गाउँपालिका वडा नं. ५ निचुटा निवासी लक्ष्मि यादवकाे छाेरा बर्ष १६ का अभिमन्नु यादवलाई खुट्टामा चाेट मात्र लागेकाे र अवस्था समान्य रहेकाे प्रहरी चाैकी परवानीपुरले जनाएकाे छ । 

ठक्कर दिने ट्रक र वीरगंज महानगरपालिका वडा नं.१२ मुर्ली निवासी बर्ष ४४ का ट्रक चालक सुदर्शन महताेलाई साेही दिन प्रहरी चाैकी परवानीपुरले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईसकेकाे छ । 

दुर्घटना लगतै मृतक सुशान्तलाई प्रहरीले उपचारकाे लागि वीरगंज हेल्थ केयरमा पुर्याएकाे थियाे । त्यहाँ उपचार सम्भव हुन नसकेपछि साेही दिन राती ७:३० बजे वीरगंजस्थित नेशनल मेडिकल कलेज लगिएकाे थियाे । मेडिकल कलेजले बुधबार राति नै ८:३० बजे सुशान्तलाई मृत घाेषणा गरेकाे थियाे ।

विहिबार विहान मृतक शुसान्तकाे शव परिक्षण वीरगंजस्थि नारायणी अस्पतालमा गरिएपछि मृतकका आफन्तले शव बुझि लगि साेही दिन दिउसाे उनकै गाउँमा अन्तिम दाहसंस्कार गरेका छन् । 

मृतकका आफन्तका अनुसार बुधबार सांझ ४ बजे वीरगंजकाे श्रीपुरस्थित मामा घर बस्दै आएका शुसान्त टिउसन पढन घरबाट निस्केका थिए ।

टिउसनमा पढाइ नहुदा शुसान्त अभिमन्नुसंग माेटरसाइकलमा गएका रहेका छन् । मृतक शुसान्तका बुवा मनाेजले भने, “कहां र के गर्न अभिमन्नु नामकाे व्यक्तिले माेटरसाइकलमा बसाएर आफ्नाे नाबालक छाेरालाई लगेका रहेका छन् आफुहरुलाई थाह भएन । त्यसकाे पनि अनुसन्धान हुनु पर्छ ” 

दुर्घटनामा छाेरा परेकाे आफुहरुले थाह पाएलगतै प्रहरीले छाेरालाई उपचारकाे लागि पुर्याइदिएकाे वीरगंज हेल्थ केयर अस्पतालमा आफुहरु पुगेकाे उनले वताए । आफुहरु अस्पताल पुग्दा सुरुमा छाेराकाे अवस्था ठिक रहेपनि उपचार राम्राेसंग नहुदा पछि छाेराकाे अवस्था बिग्रेरर मृत्यु भएकाे उनले वताए ।

उनले रुदै भने “मेराे एकलै छाेरा शुसान्तकाे अकाल मै ज्यान गयाे । उ कहिले विद्यालय र टिउसन वाहेक घरबाट बाहिर जादैन थिए । कसरी र किन बाहिर माेटरसाइकलमा गएका रहेछन् अनुसान्धानकाे बिषय हाे ।”  

शुसान्त वीरगंजस्थित त्रिभुवन माध्यमिक विद्यालयकाे कक्षा ९ मा अध्ययरत थिए । उनकाे मृत्युकाे शाेकमा विद्यालयले बिहिबार सार्वजनित विदा पनि दिएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...