Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

क्लबकाे भवन भत्काउन गाउँपालिका अध्यक्षकाे प्रयासमा गाउँवासीकाे अवराेध

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ गदियानीस्थित रहेकाे एक समाजिक संस्थाकाे भवन भत्काउने जनप्रतिनिधिकाे प्रयास स्थानियकाे अवराेधका कारण असफल भएकाे छ ।

- Advertisement -

ब्रिलिएन्ट युवा क्लब नामक स्थानिय गैर सरकारी संस्थाकाे भवन भत्काउन बिहिबार जेसीबी लिएर गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा र वडाध्यक्ष साेनालाल प्रसाद चाैरसिया प्रहरीकाे साथमा आफै पुगेका थिए । क्लबकाे भवन भत्काउन गाउँपालिका अध्यक्ष र वडाध्यक्ष जेसीबी लिएर आएकाे थाह पाए लगतै गाउँवासीहरु विराेधमा उत्रेपछि उनीहरुकाे प्रयास असफल भयाे ।

गाउँवासीहरुले गाउँपालिका अध्यक्ष कुशवाहा र वडाध्यक्ष चाैरसियासंग किन भवन भत्काउन खाेज्नु भएकाे ? प्रश्न गर्दै बिराेधमा उत्रे पछि केही बेेर तनावसमेत भएकाे थियाे । तनावलाई झडपमा परिणत हुन नदिन प्रहरीले छलफलकाे लागि दुबै पक्षलाई बसाएकाे थियाे ।

क्लब कै भवनकाे छत माथी करिब डेढ घण्टा जति भएकाे छलफलबाट गाउँपालिका अध्यक्ष कुशवाहा र वडाध्यक्ष चाैरसियाकाे अडान पुरा नभएपछि बाहिरिएका थिए । क्लबकाे भवन भत्काउने एउटै अडानका कारण छलफलबाट दुबै जना निस्किए पछि कुनै निस्कर्ष निस्कन सकेकाे थिएन । त्यपछि उनीहरु जेसीबी लिएर फिर्ता गएका थिए ।

उनीहरुले भत्काउन खाेजेकाे क्लबकाे भवन कुनै बाटाेमा पनि परेकाे रहेनछ । अकास्मात बिना कुनै सुचना गाउँपालिका अध्यक्ष र वडाध्यक्षले पावरकाे दुरुपयाेग गर्दै राजनितिक रिस्बी साध्न क्लबकाे भवन भत्काउन पुगेपछि आफुसहित गाउँवासी आश्चर्य चकित भएकाे क्लबका अध्यक्ष छठु साहले वताए ।

उनले आफुहरुले कुनै पनि हालतमा निर्माण भएकाे संरचना भत्काउन नदिने अडान लिएपछि उहाँहरु फिर्ता जानु भएकाे वताए ।

उनका अनुसार करिब १५ बर्ष पहिला ७ दलिय निर्णय अनुसार क्लबलाई भवन निर्माण गरी कार्यालय संचालनकाे लागि १० धुर जग्गा प्रदान गरिएकाे रहेछ । साेही निर्णय अनुसार करिब १० बर्ष पहिला गदियानीस्थि सार्वजनिक पाेखरिकाे डिलमा निर्माण गरिएकाे भवन भत्काउन जनप्रतिनिधिहरु पुगेका रहेछन ।

क्लबकाे कार्यालय संचालन रहेकाे भवन भत्काउन जिल्ला अदालतदेखी सर्वाेच अदाल सम्म मुद्दा पनि चलेकाे रहेछ । 

न्यालय सम्म पुगी सकेकाे बिषयलाई कुनै निकायले हस्तक्षेप गर्न नमिल्ने प्रावधान भए पनि जनप्रतिनिधिहरुले आफ्नाे पद र पावरकाे दुरुपयाेग गर्दै भवन भत्काउन जेसीबी लिएर पुगेपछि स्थानियहरु आक्राेशित भएका थिए । 

सार्वजनिक जग्गामा निर्माण गरिएकाे भवनमा संस्थाकाे कार्यालय संचालन गर्न दिनु छैन् भने गाउँ कार्यपालिकाकाे बैठकबाट निर्णय गरेर अन्य थाेक पनि संचालन गर्न सकिने उनीहरुकाे भनाई रहेछ ।

भत्काउन खाेजिएकाे भवनलाई धर्मशाला अथवा पशु अस्पताल बनाउन सकिने स्थानियहरुकाे माग रहेकाे छ । तर चन्दा संकलन गरेर स्थानिय युवाहरुले निर्माण गरिदिएकाे संरचना कुनै पनि हालतमा भत्काउन नदिन स्थानिय नगिना राउत गद्दिले वताए ।

उनले भने “हाम्राे गाउँमा एउटा धर्मशाला पनि छैन । नत्र पशु अस्पताल नै छ । ठिक छ क्लबकाे कार्यालय संचालन गर्न दिनु छैन भने साे पक्की भवनलाई धर्मशाला कायम गर्नु पर्छ अथवा भवन अगाडी पशु अस्पतालकाे लागिसमेत रहेकाे संरनाकाे सदुपयाेग गर्दै पशु अस्पताल बनाउन सकिन्छ ।

अर्का स्थानिय उदेश्य गिरीले पनि निर्माण भएकाे संरचना भत्काउन नहुने वताए । निर्माण भएकाे संरचनाकाे फाइदा उठाउदै त्यसकाे कुनै प्रयाेगमा ल्याउनु पर्ने वताए । जबर्जस्ती भत्काउन खाेजिए त्याे गलत हुने र त्यस्ताे हुन नदिने वताए ।

स्थानिय जेष्ठ नागरिक अशेसर राउतले गद्दीले पनि भत्काउन खाेजिएकाे भवनलाई धर्मशाला कायम गरिए यहाँका गरिब जनतालाई धेरै राहत हुने वताए । उनले भने “निर्माण भएकाे भवन भत्काएर के फाइदा ? त्यसाे पनि यहाँ कुनै एउटा सार्वजनि भवन पनि छैन । एउटा छ पनि त्यसलाई भत्काउनु खाेज्नु एकदमै गलत हाे । धर्मशाला कायम गरिए गरिब जनताकाे छाेरा र छाेरीकाे बिहेबारी गर्न सजिलाे हुने थियाे “

गाउँ कार्यपालिका सदस्य रामानन्द ठाकुरले क्लबकाे भवन भत्काउन कार्यापालिकाबाट कनै किसिमकाे निर्णय नभएकाे वताए । उनले भने समाजिक संस्थाकाे भवन भत्काउन कार्यपालिकाकाे बैठकबाट निर्णय हुनै सक्दैन । कसैले त्यस्ताे गलत निर्णय गराउन खाेजे आफुहरु हुन पनि नदिने उनले वताए ।

गाउँपालिकाका प्रवक्तासमेत रहेका गाउँ कार्यपालिका सदस्य एंव वडा नं. ५ का वडाध्यक्ष पवन तिवारीले भवन भत्काउन कार्यपालिकाबाट निर्णय भए नभएकाे आफुलाई याद नभएकाे वताए ।  

गाउँ कार्यपालिकाकाे निर्णय भए नभएकाे बारे बुझ्न प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसंग फाेन सम्पर्क गर्न खाेज्दा सुरुमा फाेन नउठेका कारण सम्पर्क हुन सकेन । केही बेरपछि फेरी फाेन गर्दा उनले आफ्नाे माेबाइल स्विच अफ गरिदिए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पाँचौं परवानीपुर गोल्डकप शनिबारदेखि, सम्पूर्ण तयारी पूरा

वीरगंज । शनिबारदेखि सुरु हुने पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। बिहीबार बिहान परवानीपुर खेल मैदानमा आयोजक शक्ति युवा...

वीरगंजमा गैरकानूनी सवारी कर तत्काल रोक्न उद्योग वाणिज्य सङ्घको माग

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घले वीरगंज भन्सार कार्यालयको मुलगेट लगायत राजमार्ग तथा सहायक राजमार्गहरूमा स्थानीय तहबाट उठाइँदै आएको गैरकानूनी सवारी कर तत्काल अन्त्य...

दुधेश्वर महादेव मेलामा हजारौं भक्तजनको भीड, व्यवस्थापनमा चुनौती

सेढवा । पर्सा राष्ट्रिय निकुञ्जभित्र अवस्थित दुधेश्वर महादेव मन्दिरमा बैशाख कृष्णपक्ष त्रयोदशीको अवसरमा लाग्ने वार्षिक मेला आज सम्पन्न भएको छ। हरेक वर्षझैँ यस वर्ष...