Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

युवालयद्वारा वीरगंजकाे विभिन्न ठाउँमा नि:शुल्क टिउशन

spot_img
spot_img

वीरगञ्ज । सक्रिय युवाहरुको समुह युवालयले इम्प्रुभिङ्ग लाइभ्स इन नेपालको सहकार्य र वीरगञ्ज महानगरपालिकाको समन्वयमा वभिन्न स्वास्थ्य चाैकीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर १८ भवानीपुर, २० हरपतगंज, ३० लालपर्साको स्वास्थ्य चौकीहरुलाई विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको युवालयका सदस्य जया साह जानकारी दिए ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सघाउ पुग्ने अभिप्रायले अटोमेटिक स्यानिटाइजर, सर्जिकल मास्क, एन ९५ मास्क, ग्लभ्स, स्यानिटाइजर, फेस शिल्ड, स्प्रे, हेड कभर लगायतका सामाग्री स्वास्थ्य चौकीहरुलाई वितरण गरिएकाे उनले जानकारी गराए ।

वीरगंज महानगरपालिकाकाे वडा नं ३० लालपर्साका अध्यक्ष अमानत अंसारी, वीरगंज महानगरपालिका स्वास्थ्य समाजिक विकास महाशाखाका जिंसी प्रमुख जाहिर आलम लगायतकाे उपस्थितीमा स्वास्थ्य चौकीका प्रमुखहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकाे हाे । 

यसका साथै युवालयले वीरगञ्ज महानगरपालिका वडा नं १२ मुर्लीमा नि:शुल्क टिउशन कक्षा शुरु गरेको छ । कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई कम गर्न र बालबालिकामा अध्ययन गर्ने बानिको बिकास गर्नका निम्ती निशुल्क टिउशन कक्षा शुरु गरिएकाे युवालयले जनाएको छ ।

मुर्लीमा सुरु टिउशन कक्षाकाे भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकास सरार्फले उद्घाटन गरेका थिए । 

यस अघि युवालयले वीरगंज महानगर कै वडा नं २८ बगही, ३० लालपर्सा, १७ अलौ, २४ रामगढवामा पनि नि:शुल्क टिउशन कक्षा शुरु गरि सकेकाे युवा अभियान्ता किशोरी यादवले वताए । युवालयले यसका साथै अन्य स्थानमा पनि टिउशन तथा स्वास्थ्य सामाग्री वितरण अभियानलाई निरन्तरता दिने उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...