Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

मत्स्य व्यवसायीहरुकाे भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे ४ वटा पालिकाकाे मत्स्य व्यवसायीहरुकाे भेला आज कालिमामाई गाउँपालिकाकाे वडा नं. १ मुडलीमा सम्पन्न भएकाे छ ।

मत्स्य व्यवसायी संघ पर्साका अध्यक्ष संजय प्रसाद साहकाे अध्यक्षतामा भएकाे भेलाले अबदेखी एक धारामा ६ किलाे मात्र माछा ताैल गर्ने, डिजिटल कांटाकाे प्रयाेग गर्ने र डिजिटल काटा प्रयाेग नगर्ने मत्स्य व्यवसायीलाई जरिवाना गर्ने निर्णय गरेकाे छ ।

श्री जनता मावि मुडलीमा भएकाे भेलाले निर्णय कार्यन्वयन गराउन  ९ सदस्यिय समितिसमेत गठन गरेकाे छ ।

संजय साहकाे संयाेजकत्वमा गठित समितिमा सुदर्शन सहनी, साहेब कुशवाहा, फिराेज मियाँ, बृजेश पटेल, लालबाबु साह, द्वारिका राउत विन, नन्दकिशाेर साह, महेन्द्र यादव रहेका छन् ।

भेलामा कालिकामाई, धाेबिनी, छिपहरमाई र पकहा मैनपुर गाउँपालिकाकाे मत्स्य व्यवसायीहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...