Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

५ दिने घरेलु स्यानीटरी प्याड बनाउने तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालीका वडा नं. २ गादीको थरगट्टी टोलमा ५ दिने घरेलु स्यानीटरी प्याड बनाउने तालिम सम्पन्न भएकाे छ ।  दिव्य यूवा क्लव, पर्सा र एक्सनएड नेपालको साझेदारीमा संचालनमा रहेको स्थानीय अधिकार कार्यक्रम अन्तर्गत दलित समुदायका किशोरी समुहका सदस्यहरुको लागि संचालित तालिम सम्पन्न भएकाे हाे ।

कुनै पनि विपत्को समयमा महिला तथा किशोरीहरु नै बढी मारमा पर्ने गरेको र सो विपद्को समयमा किशोरी तथा महिलाहरुकाे महिनावारी सम्बन्धी समस्यामा कसैको पनि ध्यान नजाने र उनीहरुले सो महिनावारीको समयमा स्वास्थ्यमा ध्यान नदिँदा पछि असर गर्ने हुनाले उनीहरुलाई सचेत गराई पसलमा किन्दा महंगो पर्ने स्यानीटरी प्याड भन्दा घरमा आफैले नै तयार गरेको र पटक पटक प्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तालिम संचालन गरिएको दिव्य युवा क्लबले जनाएकाे छ ।

आर्थिक रुपमा निकै विपन्न समुदाय रहेको थरगट्टीका किशोरीहरुलाई सो तालिम दिनुको उद्देश्य उनीहरुलाई आर्थिक रुपमा सशक्त पनि बनाउनु रहेकाे क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले वताए । संस्थाले १५ जना किशोरीहरुलाई तालिम दिएर ३ ओटा सिलाई मेसिन पनि सहयोग गरेको उनले जानकारी दिए ।

सो मेसिनबाट उनीहरुले आफ्नो सीपलाई व्यवसायमा समेत परिणत गर्न सक्नेछन् । जसरी हामीलाई महिनै पिच्छे नुन चाहिन्छ त्यसै गरि हरेक महिना स्यानीटरी प्याड पनि चाहिन्छ । आर्थिक कारण नै अस्वास्थ्य कपडाको प्रयोग गरी आफ्नो स्वास्थ्यमा खेलबाड भएको पनि थाहा नभईरहेको अवस्थामा संस्थाले सो किशोरीहरुलाई महिनावारी तथा सरसफाई सम्बन्धी क्षमता अभिवृद्धिका साथै प्याड बनाउने तालिम संचालन उनले जनाए । तालिमकाे सहजकिरण शोभा भुजेलले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...