Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

किशाेरीहरुलाई करेसाबारी सम्बन्धि अभिमुखिकरण

spot_img
spot_img

वीरगंज । बाराको परवानिपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमालमा करेसाबारी सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

युरोपियन युनियनको आर्थिक सहयोग एवम् संरक्षण नेपाल र चाइल्ड नेपालको सहकार्यमा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा संचालित किशोरी सम्बाद कार्यक्रम अन्तर्गत सम्बाद केन्द्र स्तरीय करेसाबारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

अभिमुखिकरण कार्यक्रममा उज्वल किशोरी सम्बाद केन्द्रका किशोरीहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा करेसाबारी सम्बन्धि किशाेरीहरुलाई प्रशिक्षण दिइएकाे किशोरी सम्बाद कार्यक्रमका फिल्ड सुपरभाइजर सुनेश्वर प्रसाद साहले जानकारी दिए ।

कार्यक्रममा परवानिपुर गाउँपालिकाका कृषि प्राबिधिक रबिता कुमारी मण्डलले प्रशिक्षण दिएकी थिइन ।

कार्यक्रममा करेसाबारीको महत्त्व, करेसाबारीको स्थापना कसरी गर्ने, करेसाबारीमा लाग्ने रोगको ब्यवस्थापन कसरी गर्ने, तरकारी बालीलाई बिषादी बिहिन कसरी उत्पादन गर्ने, मैसमी तथा बेमौसमी तरकारी कसरी उत्पादन गर्ने, नर्सरी कसरी बनाउने लगायतका बिषयमा छलफल गरिएको फिल्ड सुपरभाइजर साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...