Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

किशाेरीहरुलाई करेसाबारी सम्बन्धि अभिमुखिकरण

spot_img
spot_img

वीरगंज । बाराको परवानिपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमालमा करेसाबारी सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

युरोपियन युनियनको आर्थिक सहयोग एवम् संरक्षण नेपाल र चाइल्ड नेपालको सहकार्यमा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा संचालित किशोरी सम्बाद कार्यक्रम अन्तर्गत सम्बाद केन्द्र स्तरीय करेसाबारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

अभिमुखिकरण कार्यक्रममा उज्वल किशोरी सम्बाद केन्द्रका किशोरीहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा करेसाबारी सम्बन्धि किशाेरीहरुलाई प्रशिक्षण दिइएकाे किशोरी सम्बाद कार्यक्रमका फिल्ड सुपरभाइजर सुनेश्वर प्रसाद साहले जानकारी दिए ।

कार्यक्रममा परवानिपुर गाउँपालिकाका कृषि प्राबिधिक रबिता कुमारी मण्डलले प्रशिक्षण दिएकी थिइन ।

कार्यक्रममा करेसाबारीको महत्त्व, करेसाबारीको स्थापना कसरी गर्ने, करेसाबारीमा लाग्ने रोगको ब्यवस्थापन कसरी गर्ने, तरकारी बालीलाई बिषादी बिहिन कसरी उत्पादन गर्ने, मैसमी तथा बेमौसमी तरकारी कसरी उत्पादन गर्ने, नर्सरी कसरी बनाउने लगायतका बिषयमा छलफल गरिएको फिल्ड सुपरभाइजर साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...