Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

चैते कम्युनिष्टहरुबाट पार्टीलाई जोगाउनु आजको मुख्य चुनौती : यादव

spot_img
spot_img

वीरगंज ।  नेकपाका केन्द्रिय सदस्य एवं वीरगंज महानगरका इन्चार्ज दिनेश राईले बिधि र पद्दति बिना कुनै पनि पार्टी दीर्घकालीन रूपले चलायमान नरहने बताउनु भएको छ ।

पुष्पलाल मित्रता केन्द्रको वीरगन्जमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै के.स. राईले यस्तो बताउनु भएकाे हाे । वहाँले नेकपा भित्र विधि र पद्दतिको खडेरी पर्दै गएको बताउनु हुदै कम्तीमा अबका दिनहरुमा पनि पार्टीलाई विधि संगत ढंगले चलाउनका निम्ति पार्टी भित्रका युवा पंक्ति अगाडि आउन आवशयक रहेको बताउनु भयो ।

भेलामा अर्का वक्ता संविधान सभा सदस्य एवम् नेकपा जिल्ला कमिटी सदस्य बिचरी यादवले नेकपालाई चैते कम्युनिष्टबाट जोगाउनु आजको मुख्य चुनौती रहेको बताउनु भयो । यादवले पार्टी सरकारमा हुँदा दलाल प्रवृत्तिका चैतेहरु पार्टी प्रवेश गर्ने र विभिन्न अवसर लिई पार्टीबाट भाग्नेहरु सलबलाएको हुनाले त्यस्ताहरुको पहिचान गरी समय मै लगाम लगाइएन भने पार्टीले दीर्घकालीन घाटा ब्यहोर्नु पर्ने बताउनु भयो ।

पुष्पलाल मित्रता केन्द्रका प्रदेश नं. २ का सदस्य अरूण यादवको अध्यक्षतामा भएकाे भेलामा नेकपाका जिकस एंवम युवा नेता मनोज चौधरी, प्रेस संगठनका केन्द्रिय सदस्य वृजलाल पासवान, नेकपा पर्साका महिला नेतृ दुर्गा क्षेत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए भने संचालन हेमन्त तामाङ्गले गरेका थिए ।

साेही भेलाले अरुण यादवको अध्यक्षतामा ३० सदस्यिय पुष्पलाल मित्रता केन्द्र पर्सा जिल्ला कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा प्रमोद यादव, महिला उपाध्यक्षमा इन्दु घिमिरे, सचिवमा शिवम साह, सह सचिवमा इशक कुमार, सुरेश गुप्ता कोषाध्यक्षमा शिवशंकर यादव र सदस्यहरुमा क्रमश सुशील हजारा, उमेश ठाकुर, लीला श्रेष्ठ, हेमन्त तामाङ्ग, श्याम पासवान लगायत रहेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...