23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

विश्व दृस्टी दिवसको अवसरमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

वीरगंज । विश्व दृस्टी दिवसको अवसरमा बिहिबार वीरगंजमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएकाे छ । नेपाल नेत्र ज्योती संघ पर्सा शाखाको आयोजना र केडिया आँखा अस्पताल परवानिपुरको प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएकाे हाे ।

वीरगंजकाे पावर हाउस चाैकस्थित रहेकाे नेत्र ज्याेति संघ पर्साकाे कार्यालयमा भएकाे शिविरमा बिरगंज महानगरपालिका एवं जिल्लाका वभिन्न ठाउँका असहाय, एकल महिला, वृद्ध, बालबालिका लगायतले नि:शुल्क आँखा परिक्षण गराएकाे नेत्र ज्योति संघ पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

नेत्र ज्याेती संघ पर्सा शाखाका सभापति मधु राणाको सभापतित्वमा भएको कार्यक्रममा मदन प्रसाद गुप्ता, गणेश शाह, संतोष जैसवाल, उमेस गुप्ता लगायतको बिशेष उपस्थित रहेकाे थियाे ।

शिविरमा डाक्टर उमाकान्त कुमार बैठा, प्राबिधिक हरि ॐ चौधरी, आनन्द कुमार शाहले आँखा परिक्षण गरेका थिए ।

साे अवसरमा सभापति राणाले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद एवं दिवसको शुभकामना ब्यक्त गर्दै आउने दिनमा पनि आँखाको क्षेत्रमा सबैबाट उल्लेखनीय योगदान हुने कुरामा जोड दिइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:4.305 sec. Memory consumption:81.47 mb