Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

प्रभु बैंकमा आफ्नै पैसा झिक्न घण्टाै गेट मै कुर्नु पर्ने बाध्यता

spot_img
spot_img

वीरगंज । प्रभु बैंककाे वीरगंज शाखामा आफ्नै रकम झिक्न र राख्न घण्टाै सम्म गेट मै कुर्नु पर्ने बाध्यता रहेकाे छ ।

बैंकले उचित व्यास्थापन नगरेका कारण काेराेना संक्रमणकाे बहाना बनाउदै बैंकले सेवाग्राहीलाई गेट मै घण्टाै सम्म राेकने गरेकाे छ । काेराेना महामारी भन्दा पहिला बैंक भित्र घण्टाै सम्म लाइन बस्नु पर्ने बाध्यता थियाे भने अहिले गेट मै चर्काे घाममा बस्नुु पर्ने बाध्यता रहेकाे सेवाग्राहीहरुले वताएका छन् ।

बैंकले सेवाग्राहीहरुबाट नै लाखाैं रकम कमाउने गरे ता पनि तिनै सेवाग्राहीलाई सास्ती दिने गरेकाे छ । बैंकमा नाम मात्रकाे ४ वटा कैस र डिपाेजिट काउन्टर रहे पनि २ वटा मात्र संचालनमा रहनुले सास्ती भाेग्नु परेकाे सेवाग्राहीहरु वताउन्छन् ।

बैंकले २ वटा काउन्टर मात्र संचालन गरेका कारण बढी भिडभाड हुने र समय लाग्ने गरेकाे तर ४ वटै काउन्टर संचालनमा ल्याए त्यतिकाे भिड नहुने र समय पनि कम लाग्ने सेवाग्राहीहरुले वताएका छन् ।

प्रभु बैंक कै अरु शाखाहरुमा यस्ताे समस्या नभए पनि देश कै आर्थिक राजधानीकाे रुपमा रहेकाे वीरगंज शाखामा कर्मचारी र प्रशासनकाे लापरवाहीले यस्ताे समस्या देखिएकाे सेवाग्राहीहरुकाे भनाई रहेकाे छ ।

सेवाग्राहीहरु बैंक कमाउने तर्फ मात्र लागेकाे र सेवा प्रवाह व्यस्थित गर्न ध्यान नदिएकाे गुनासाे रहेकाे छ । बैंककाे सेवाप्रवाह सहज र छिटाे छरिताे हुनु पर्नेमा त्यस्ताे नभएका कारण सेवाग्राहीहरु आफ्नाे खाता बन्द नै गरी अन्य बैंकमा जाने अवस्था सृजना भएकाे वताउँछन् ।

बैंककाे सेवा प्रवाहमा बढी समय लाग्ने र कर्मचारीकाे व्यवहार पनि राम्राे नभएका कारण खाता बन्द गर्ने अवस्थामा पुगेकाे सेवाग्राही जय कुशवाहाले वताए । उनले बैंककाे गार्डदेखी अन्य कर्मचारीले पनि अभद्र व्यहार गर्ने गरेकाे वताए ।

वीरगंज शाखाकाे रवैया प्रति बैंककाे प्रधान कार्यालयकाे ध्यान पुगेन भने सेवाग्राहीहरुलाई झन सास्ती भाेग्नु पर्ने सहजै अनुमान गर्न सकिन्छ ।  

यस्तै वीरगंजकाे अरु केही बैंकमा पनि भिडभाड हुने गरेकाे र सेवा लिन बढी समय लाग्ने गरेकाे छ । त्यही भएर यस तर्फ सम्बन्धित निकायकाे ध्यान पुग्न जरुरी देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...