23.8 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

प्रभु बैंकमा आफ्नै पैसा झिक्न घण्टाै गेट मै कुर्नु पर्ने बाध्यता

वीरगंज । प्रभु बैंककाे वीरगंज शाखामा आफ्नै रकम झिक्न र राख्न घण्टाै सम्म गेट मै कुर्नु पर्ने बाध्यता रहेकाे छ ।

बैंकले उचित व्यास्थापन नगरेका कारण काेराेना संक्रमणकाे बहाना बनाउदै बैंकले सेवाग्राहीलाई गेट मै घण्टाै सम्म राेकने गरेकाे छ । काेराेना महामारी भन्दा पहिला बैंक भित्र घण्टाै सम्म लाइन बस्नु पर्ने बाध्यता थियाे भने अहिले गेट मै चर्काे घाममा बस्नुु पर्ने बाध्यता रहेकाे सेवाग्राहीहरुले वताएका छन् ।

बैंकले सेवाग्राहीहरुबाट नै लाखाैं रकम कमाउने गरे ता पनि तिनै सेवाग्राहीलाई सास्ती दिने गरेकाे छ । बैंकमा नाम मात्रकाे ४ वटा कैस र डिपाेजिट काउन्टर रहे पनि २ वटा मात्र संचालनमा रहनुले सास्ती भाेग्नु परेकाे सेवाग्राहीहरु वताउन्छन् ।

बैंकले २ वटा काउन्टर मात्र संचालन गरेका कारण बढी भिडभाड हुने र समय लाग्ने गरेकाे तर ४ वटै काउन्टर संचालनमा ल्याए त्यतिकाे भिड नहुने र समय पनि कम लाग्ने सेवाग्राहीहरुले वताएका छन् ।

प्रभु बैंक कै अरु शाखाहरुमा यस्ताे समस्या नभए पनि देश कै आर्थिक राजधानीकाे रुपमा रहेकाे वीरगंज शाखामा कर्मचारी र प्रशासनकाे लापरवाहीले यस्ताे समस्या देखिएकाे सेवाग्राहीहरुकाे भनाई रहेकाे छ ।

सेवाग्राहीहरु बैंक कमाउने तर्फ मात्र लागेकाे र सेवा प्रवाह व्यस्थित गर्न ध्यान नदिएकाे गुनासाे रहेकाे छ । बैंककाे सेवाप्रवाह सहज र छिटाे छरिताे हुनु पर्नेमा त्यस्ताे नभएका कारण सेवाग्राहीहरु आफ्नाे खाता बन्द नै गरी अन्य बैंकमा जाने अवस्था सृजना भएकाे वताउँछन् ।

बैंककाे सेवा प्रवाहमा बढी समय लाग्ने र कर्मचारीकाे व्यवहार पनि राम्राे नभएका कारण खाता बन्द गर्ने अवस्थामा पुगेकाे सेवाग्राही जय कुशवाहाले वताए । उनले बैंककाे गार्डदेखी अन्य कर्मचारीले पनि अभद्र व्यहार गर्ने गरेकाे वताए ।

वीरगंज शाखाकाे रवैया प्रति बैंककाे प्रधान कार्यालयकाे ध्यान पुगेन भने सेवाग्राहीहरुलाई झन सास्ती भाेग्नु पर्ने सहजै अनुमान गर्न सकिन्छ ।  

यस्तै वीरगंजकाे अरु केही बैंकमा पनि भिडभाड हुने गरेकाे र सेवा लिन बढी समय लाग्ने गरेकाे छ । त्यही भएर यस तर्फ सम्बन्धित निकायकाे ध्यान पुग्न जरुरी देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:223. Generation time:4.020 sec. Memory consumption:81.41 mb