Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

इप्रका पाेखरियाका प्रहरी निरिक्षक सिंहकाे बिदाई तथा सम्मान

spot_img
spot_img

वीरगन्ज । इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहलाई आज एक कार्यक्रम बिच विदाई तथा सम्मान गरिएको छ । ब्रिलिएन्ट युवा क्लब कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीले प्रहरी प्राधान कार्यालय सरुवा भएका प्रहरी निरिक्षक सिंहलाई बिदाई तथा सम्मान गरेकाे हाे । 

कार्यक्रमका प्रमुख अतिथि पोखरीया नगरपालिकाका मेयर दीपनारायण रौनियार र ब्रिलिएन्टयुवा क्लबकाका अध्यक्ष छठु साहले संयुक्त रुपमा प्रहरी निरिक्षक सिंहलाई प्रशंसा पत्रले सम्मान गर्दै दाेसल्ला तथा खादा ओढाएर बिदाई गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर राैनियारले प्रहरी निरिक्षक सिंहकाे कार्यकाल समग्रमा राम्रा र प्रशंंसा याेग्य रहेकाे वताए । उनले पाेखरियाकाे लागि सिंह जस्तै नै प्रहरी निरिक्षक चाहिने वताउदै सरुवा हुदा दु:ख लागेकाे वताए ।

ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष छठु साहले प्रहरी निरिक्षक सिंह काेराेना महामारीकाे समयमा पनि राम्राे काम गरेकाेले प्रशंसा गर्दै सम्मान गरिएकाे वताए । गैर सरकारी  संस्था महासंघ नेपाल पर्साका अध्यक्षसमेत रहेका साहले प्रहरी निरिक्षक सिंहले शान्ति सुरक्षाकाे साथ साथै सामाजिक क्षेत्रकामा पनि राम्राे काम गरेकाे वताए ।  

प्रहरी निरिक्षक सिंहले आफु जनप्रतिनिधि, स्थानिय गैर सरकारी संस्था, पत्रकार लगायतकाे सहयाेगमा काम गरेकाे र सबैकाे सहयाेग पाएकाे वताए ।

सिंहले आधा दर्जन जति जघन्य अपराधकाे सहि अनुसन्धान गर्नुकाे साथै, लागु औषध र घरेलु मदिरा नियन्त्रण गर्न सफल भएकाे वताए । यसका साथ साथै आफुले १४ महिने कार्यकालमा एक कराेड भन्दा बढी अवैध समान बरामद गरि भन्सार बुझाएकाे वताए ।

इलाका प्रहरी कार्यालय पाेखरियामा भएकाे कार्यक्रमकाे संचालन ब्रिलिएन्ट युवा क्लबका सदस्यसमेत रहेका पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

इलाका प्रहरी कार्यालयमा पाेखरियाकाे नयाँ प्रहरी निरिक्षकमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा कार्यरत दिपक थापा आउने भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...