Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

हिन्दु परिषदकाे वडा स्तरिय समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं १, मिर्जापुरमा विश्व हिन्दु परिषद नेपालको वडा स्तरिय समिति गठन भएकाे छ ।

मिर्जापुरस्थित शिवमन्दिरको प्रङ्गणमा भएकाे एक भेलाले शिवजी उपध्यायको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरेकाे हाे ।

जुन समितिकाे उपाध्यक्ष जगरनाथ राउत अहिर, कोषाध्यक्ष भागरित राम, सचिव नन्दलाल यादव, सहसचिव राजेश पासवान, सदस्य प्रभु यादव, मनबोध यादव, अमिर तुरहा, कृष्णा यादव, जगन ठाकुर, जगरनथा राउत अहिर चयन भएका छन् ।

यस्तै, हिन्दू परिषद नेपालको बिरगंज महानगरपालिकाकाे वडा नं. १ मा एक सय एक सदस्यीय वडा कमिटी गठन भएकाे छ ।

विश्वनाथ कंठकाे अध्यक्षतामा गठन भएकाे समितिकाे उपाध्यक्ष लालबाबु गुप्ता, सचिव अमित श्रीवास्तव, सह-सचिव बिकास साह, कोषाध्यक्ष मेघराज सहनी चयन भएकाे परिषदका केन्द्रिय अध्यक्ष संताेष पटेलले जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...