Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

“काेराेना भाइरस” विषयक वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । बाराको परवानिपुर गाउँपालिका वडा नं.-३, लिपनिमालमा बुधबार “कोरोना भाइरस” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग, नेपाल ग्रामीण पुनर्निर्माण संस्थाकाे आयाेजना र संरक्षण नेपाल तथा चाइल्ड नेपालको सहकार्यमा संचालित किशोरी संवाद कार्यक्रम अन्तर्गत भएकाे प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

उज्वल किशाेरी संवाद केन्द्र लिपनीमालमा भएकाे कार्यक्रममा मुस्कान किशाेरी संवाद केन्द्र रामपुरटाेकनीकी कलिता कुमारी महताे प्रथम, अनमाेल किशाेरी संवाद केन्द्र बुनियादका अनुपम कुमार मण्डल द्वितिय र मुस्कान संवाद केन्द्र कै चन्दा कुमारी महताे तृतिय भएकाे संवाद अधिकृत प्रकाश पाण्डेले जानकारी दिए ।

प्रभात संवाद सहयाेग समितिका संयाेजक शम्भु प्रसाद महताेकाे अध्यक्षता र परवानीपुर गाउँपालिकाकाे वडा नं. ३ का वडाध्यक्ष अनिल रामकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा परवानीपुर गाउँपालिकाका शिक्षा संयाेजक रबिन्द्र कुमार मिश्रा, शिक्षक अमाेद यादव, कार्यक्रम सुपरभाइजर सुनेश्वर साह, एनिमेटर राेमा कुमारी झा लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमकाे संचालन एनिमेटर रितेश कुमार मिश्राले गरेका थिए । 

एनिमेटर र किशाेरकिशाेरीहरुकाे सहभागिता रहेकाे प्रतियाेगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई साबुन र सेनिटाइज पुरस्कारसमेत वितरण गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...