Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

“काेराेना भाइरस” विषयक वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । बाराको परवानिपुर गाउँपालिका वडा नं.-३, लिपनिमालमा बुधबार “कोरोना भाइरस” विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग, नेपाल ग्रामीण पुनर्निर्माण संस्थाकाे आयाेजना र संरक्षण नेपाल तथा चाइल्ड नेपालको सहकार्यमा संचालित किशोरी संवाद कार्यक्रम अन्तर्गत भएकाे प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

उज्वल किशाेरी संवाद केन्द्र लिपनीमालमा भएकाे कार्यक्रममा मुस्कान किशाेरी संवाद केन्द्र रामपुरटाेकनीकी कलिता कुमारी महताे प्रथम, अनमाेल किशाेरी संवाद केन्द्र बुनियादका अनुपम कुमार मण्डल द्वितिय र मुस्कान संवाद केन्द्र कै चन्दा कुमारी महताे तृतिय भएकाे संवाद अधिकृत प्रकाश पाण्डेले जानकारी दिए ।

प्रभात संवाद सहयाेग समितिका संयाेजक शम्भु प्रसाद महताेकाे अध्यक्षता र परवानीपुर गाउँपालिकाकाे वडा नं. ३ का वडाध्यक्ष अनिल रामकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा परवानीपुर गाउँपालिकाका शिक्षा संयाेजक रबिन्द्र कुमार मिश्रा, शिक्षक अमाेद यादव, कार्यक्रम सुपरभाइजर सुनेश्वर साह, एनिमेटर राेमा कुमारी झा लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमकाे संचालन एनिमेटर रितेश कुमार मिश्राले गरेका थिए । 

एनिमेटर र किशाेरकिशाेरीहरुकाे सहभागिता रहेकाे प्रतियाेगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई साबुन र सेनिटाइज पुरस्कारसमेत वितरण गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...