Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

समाजिक सेवा दिवसको अवसरमा मानव सेवा आश्रमलाई सहयाेग

spot_img
spot_img

वीरगन्ज । पर्साका गैर सरकारी संस्थाहरुले ४१ औं समाजिक दिवसको अवसरमा मानव सेवा आश्रम वीरगंजलाई सहयाेग गरेका छन् । गैर सरकारी संस्था महासंघ नेपाल पर्सा, आसमान नेपाल पर्सा, समाजिक संस्था जिल्ला समन्वय समिति पर्सा र अरुणोद्य युवा क्लब पर्साले संयुक्त रुपमा दिवसको अवसरमा आश्रमलाई खाद्य सामग्री तथा फलफुल सहयाेग गरेका हुन् ।

संस्थाहरुले वीरगंजकाे रानिघाटस्थित रहेकाे आश्रम मै पुगी एक कार्यक्रमका बिच चामल एक क्युन्टल, दाल २० किलो, आलु २० किलो, प्याज २० किलो, स्याउ २१ किलो, केरा १० दर्जन, जुस ४० पिस, मास्क १०० पिस र सेनिटाइजर १ लिटर लगायतका सामग्री आश्रमका संयाेजक देवेश मानवसेवालाई हस्तान्तरण गरेका छन् ।

गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाकाे वडा नं. ९ का वडाध्यक्ष मनोज कलवार, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साह, समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इव्राहिम देवान, आसमान नेपाल पर्साका संयोजक मुनिलाल बैठा, अरुणोदय युवा क्लबका प्रतिनिधि राजेश गुप्ता लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

“समाजिक क्षेत्र : राष्ट्रिय गौरव” आजको प्राथमिकता, समृद्ध र सुखको लागि समाजिक रुपान्तरण तथा उद्यमशिलता भन्ने मुल नाराका साथ असाेज ६ गतेदेखी १२ गते सम्म सप्ताह व्यापी रुपमा मनाउने कार्यक्रम अन्तर्गत गैर सरकारी संस्थाहरुकाे छाता संगठन गैसस महासंघ र पर्साका ३ क्रियाशिल गैरसरकारी संस्थाहरुले सहयाेग गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...