24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पर्सामा पनि ४१ औं समाजिक दिवस मनाउने गैससहरुकाे निर्णय

वीरगंज । पर्साका गैर सरकारी संस्थाहरुले ४१ औं समाजिक सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेका छन् । गैर सरकारी संस्थाहरुकाे आज बसेकाे बैठकले समाज कल्याण परिषदद्वारा गरिएकाे परिपत्र अनुसार पर्सामा पनि समाजिक सेवा दिवस मनाउने निर्णय गरेकाे हाे ।

समाजिक सेवा दिवस मुल समाराेह समितिले गरेकाे निर्णय बमाेजिम “समाजिक क्षेत्र, राष्ट्रिय गाैरव, आजकाे प्राथमिकता, समृद्ध र सुखकाे लागि समाजिक रुपान्तरण तथा उधमशिलता” भन्ने मुल नाराका साथ असाेज ६ गतेदेखी १२ गतेसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेका छन् ।

असमान नेपाल पर्साका संयाेजक मुनिलाल बैठाकाे अध्यक्षता र गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले दिवस कै अवसरमा असाेज ७ गते वीरगंजस्थित रहेकाे मानव सेवा आश्रममा पनि कार्यक्रम गर्ने निर्णय गरेकाे छ ।

वीरगंज रहेकाे आसमान नेपालकाे कार्यालयमा बसेकाे बैठकमा समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवान, अरुणाेद्य युवा क्लबका महासचिव सुरज पंडित, आरती कुमारी लगायत विभिन्न गैर सरकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.020 sec. Memory consumption:81.47 mb