Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

बाल क्लबकाे आयाेजनामा रक्तदान कार्यक्रम

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ९ बैरिया बिर्तामा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जय माँ सरस्वती बाल क्लब बैरिया बिर्ताको आयोजना भएकाे कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् ।

बाल क्लबका अध्यक्ष मँसुर आलमकाे अध्यक्षतामा र पोखरिया नगरपालीका मेयर दिपनारायण रौनियाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा नगरपालिकाकी उप मेयर सलमा खातुन, जनता समाजबादी पार्टीका नेता नेजामुदिन सम्मानी, वडाध्यक्ष रामबाबु प्रसाद चौहान, नेपाल रेडत्रस सोसाईटी पोखरिया उप शाखाका सभापती भगवान प्रसाद कुर्मी, शिक्षक महासंघका विनाेद गिरी, जिल्ला समन्वय समिति पर्साका सदस्य रिजवान अन्सारी लगायतकाे सहभागिता रहेकाे थियो ।

नेपाल रेडक्रस सोसाईटी उप शाखा पोखरियाको सहकार्य र रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा कार्यक्रम भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...