Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

बुवाकाे चक्कु प्रहारले छाेराेकाे मृत्यु भएपछि गाउँ नै शाेकमा

spot_img
spot_img

वीरगंज । बुवाकाे चक्कु प्रहारले छाेराकाे मृत्यु भएपछि पर्साकाे पाेखरिया नगरपालिका वडा नं. ६ श्रीसिया गाउँ नै शाेकमा डुबेकाे छ । साेमबार सांझ बुवा लक्ष्मि साह राैनियारकाे चक्कु प्रहारले ३५ बर्षिय छाेरा माधाे साह राैनियारकाे मृत्यु भएपछि गाउँ शाेकमा डुबेकाे हाे ।

मृतक माधाेकाे मंगलबार गाउँकाे आर्यघाटमा धार्मिक विधि अनुसार दाहसंस्कार गरिएकाे छ । उनकाे दाहसंस्कारमा एक हजार भन्दा बढीकाे सहभागिता भएकाे स्थानिय अमित द्विवेदीले वताए । 

उनले भने “साेमबार सांझ उनकाे मृत्यु भएकाे गाउँलेहरु थाह पाएपछि धेरै जनाकाे घरमा खानासमेत बन्न सकेन । धेरै जनाकाे घरमा बन्नेकाे खाना त्यस्तै रह्याे । अचानक गाउँका एक युवककाे आफ्नै बुवाकाे चक्कु प्रहारले मृत्यु भएकाे थाह पाएका गाउँ नै शाेकमा डुब्याे ।”

लक्ष्मिका सानाे छाेरा माधाे हुन् । माधाे ३ दाजुभाई र एक बहिनी थिए । उनकाे एक छाेरा र दुई छाेरी छन् ।  

माधाेकाे दाहसंस्कार गरिदै

चक्कु प्रहारबाट गम्भिर घाइते माधाेलाई उपचारकाे लागि वीरगंजस्थित नेशनल मेडिकल कलेजमा लग्ने क्रममा बाटाे मै मृत्यु भएकाे थियाे ।

साेमबार सांझ ७:१५ बजे लक्ष्मिले छाेरा माधाेमाथी चक्कु प्रहार गरेका थिए । रक्सी खाएर आएका ७० बर्षिय लक्ष्मिले आफ्नै परिवारका सदस्यहरुलाई गाली गलाैज गर्न थालेपछि विवाद भएकाे थियाे । विवाद कै क्रममा गाउँघरमा साइकलमा भांजा बिक्री गर्दै आएका लक्ष्मिले त्यस मै प्रयाेग हुने चक्कु छाेरा माधाेमाथी प्रहार गरेका थिए । 

माधाकाे शव यात्रा देख्न गाउँलेहरुकाे भिड

चक्कु प्रहार गर्ने लक्ष्मिलाई इलका प्रहरी कार्यालय पाेखरियाले  नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ । चक्कु प्रहार गर्ने लक्ष्मीमाथी उनकै परिवारका सदस्यहरुले मंगलबार किटानी जाहेरीसमेत दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...