Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

बुवाकाे चक्कु प्रहारले छाेराेकाे मृत्यु भएपछि गाउँ नै शाेकमा

spot_img
spot_img

वीरगंज । बुवाकाे चक्कु प्रहारले छाेराकाे मृत्यु भएपछि पर्साकाे पाेखरिया नगरपालिका वडा नं. ६ श्रीसिया गाउँ नै शाेकमा डुबेकाे छ । साेमबार सांझ बुवा लक्ष्मि साह राैनियारकाे चक्कु प्रहारले ३५ बर्षिय छाेरा माधाे साह राैनियारकाे मृत्यु भएपछि गाउँ शाेकमा डुबेकाे हाे ।

मृतक माधाेकाे मंगलबार गाउँकाे आर्यघाटमा धार्मिक विधि अनुसार दाहसंस्कार गरिएकाे छ । उनकाे दाहसंस्कारमा एक हजार भन्दा बढीकाे सहभागिता भएकाे स्थानिय अमित द्विवेदीले वताए । 

उनले भने “साेमबार सांझ उनकाे मृत्यु भएकाे गाउँलेहरु थाह पाएपछि धेरै जनाकाे घरमा खानासमेत बन्न सकेन । धेरै जनाकाे घरमा बन्नेकाे खाना त्यस्तै रह्याे । अचानक गाउँका एक युवककाे आफ्नै बुवाकाे चक्कु प्रहारले मृत्यु भएकाे थाह पाएका गाउँ नै शाेकमा डुब्याे ।”

लक्ष्मिका सानाे छाेरा माधाे हुन् । माधाे ३ दाजुभाई र एक बहिनी थिए । उनकाे एक छाेरा र दुई छाेरी छन् ।  

माधाेकाे दाहसंस्कार गरिदै

चक्कु प्रहारबाट गम्भिर घाइते माधाेलाई उपचारकाे लागि वीरगंजस्थित नेशनल मेडिकल कलेजमा लग्ने क्रममा बाटाे मै मृत्यु भएकाे थियाे ।

साेमबार सांझ ७:१५ बजे लक्ष्मिले छाेरा माधाेमाथी चक्कु प्रहार गरेका थिए । रक्सी खाएर आएका ७० बर्षिय लक्ष्मिले आफ्नै परिवारका सदस्यहरुलाई गाली गलाैज गर्न थालेपछि विवाद भएकाे थियाे । विवाद कै क्रममा गाउँघरमा साइकलमा भांजा बिक्री गर्दै आएका लक्ष्मिले त्यस मै प्रयाेग हुने चक्कु छाेरा माधाेमाथी प्रहार गरेका थिए । 

माधाकाे शव यात्रा देख्न गाउँलेहरुकाे भिड

चक्कु प्रहार गर्ने लक्ष्मिलाई इलका प्रहरी कार्यालय पाेखरियाले  नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ । चक्कु प्रहार गर्ने लक्ष्मीमाथी उनकै परिवारका सदस्यहरुले मंगलबार किटानी जाहेरीसमेत दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...