24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सशस्त्र प्रहरीका डिआइजी ब्रम्हचार्यद्वारा सिमा क्षेत्रकाे अनुगमन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी कृष्ण भक्त ब्रम्हचार्य निरन्तर सीमा निगरानीमा जुटेका छन् । नेपाल र भारत दशगजामा रहेको सीमा स्तम्भको साथ साथै सीमा नाकाबाट हुने अबैध क्रियाकलापको निरन्तर निगरानी गरिरहेका हुन ।

बारा, पर्सा, रौतहट लगायत प्रदेश नम्बर २ को ८ वट्टै जिल्लाहरूमा अहोरात्री आफै खटी सशस्त्र प्रहरी बल नेपालका डिआइजी ब्रम्हचार्य निगरानी गर्न थालेका छन् । सीमामा खटिएका सशस्त्र प्रहरी बल नेपालका प्रहरीहरूलाइ कडा निगरानी बढाउन निर्देशन दिनुको साथ साथै सीमाबाट हुने अबैध क्रियाकलापमा समेत निगरानी बढाउन निर्देशन दिएका छन् ।

साेमबार बाराको सिम्रौणगढ, पिपरपाती, कवहिगोठ लगायतको ठाउहरूमा निरीक्षण गर्न आएका डिआइजी ब्रम्हचार्यले बाराको सबै बोर्डर आउट पोस्टका प्रमुखहरूलाई निगरानी बढाउन निर्देशन दिनुको साथै गल्ती गर्ने प्रहरी अधिकारीहरूलाई कानून बमोजिम कारवाही गर्नसमेत चेतावनी दिए ।

उनले आफ्नो संगठनको नीति निर्देशन विपरित कुनैपनी बि.ओ.पि कमान्डर काम गरेको फेला परे आफू कारवाही गर्नबाट पछि नहटने बताए । सीमा स्तम्भको निरीक्षणमा निस्केका डिआइजी ब्र्रम्मचार्य साेमबार अबेर रातीसम्म निरीक्षण गरिने बताए ।

सशस्त्र प्रहरी बल नेपालको जिम्मेवारी ठूलो भएको र आफ्नो संगठनले सीमा स्तम्भको लागि थप जनशक्ती परिचालन गर्ने डिआइजि ब्रम्हचार्यले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.247 sec. Memory consumption:81.46 mb