20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

ठाकुर राममा आंशिक प्रध्यापक निर्देशिका जलाइयाे

वीरगंज । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा आज आंशिक प्रध्यापक निर्देशिका जलाइएकाे छ । त्रिभुवन विश्व विद्यालयमा विगत १५ बर्षदेखी ज्यालादारीकाे रुपमा कार्यरत आंशिक प्रध्यापककाे विरुद्ध निर्देशिका आएकाे भन्दै आंशिक प्रध्यापकहरुले निर्देशिकाकाे प्रतिलिपी जलाएका हुन् ।

विगत लामाे समयदेखी आंशिक रुपमा कार्यरत रहेका देशभरका सम्पूर्ण आङ्गिक क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकका  बिच समय समयमा व्यवस्थापन गर्ने गरी सहमती भएकाेमा त्यसकाे विपरित त्रि.वि. पदाधिकारीले मनाेमानी तरिकाले निर्देशिका ल्याएकाे आंशिक प्रध्यापकहरुले वताएका छन् ।

देशभरीका क्याम्पसमा यसकाे बिराेध भइरहेकाे र ठाउँ ठाउँमा निर्देशिका जलाउने कार्य पनि भइरहेकाे आंशिक प्रध्यापकहरुले जनाएका छन् ।

देशभरीका क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी आन्दाेलनमा हाेमिएका प्रध्यापककाे माग सुनवाई गर्ने भन्दा विस्थापित गर्ने गरी आएकाे निर्देशिका अमान्य भएकाेले हामीलाई समान कामकाे समान उपलब्ध गराउनु पर्ने एक सूत्रिय माग प्रति वेवस्ता गरिए क्याम्पस खुल्नसाथ सशक्त आन्दाेलन गरिने ठाकुर राम बहुमुखी एकाई समितिकाे अध्यक्ष तेजनारायण प्रसाद यादवले वताए ।

एकाइ अध्यक्ष यादवको अध्यक्षतामा भएको बिराेधकाे कार्यक्रममा प्रध्यापक रुदल थाकुर, मुक्त भुसाल, राम प्रसाद पान्न्देय, हेत नारायण, निलम साह, दिप्ति कतुवाल, नारायण साह लगायतकाे उपस्तिथि रहेकाे थियो । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:216. Generation time:3.682 sec. Memory consumption:81.41 mb