Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

अलाैंबाट भारु ९० हजारसहित भारतिय नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । नेपाल–भारत सिमा क्षेत्र वीरगंजकाे अलाैंबाट अबैधरुपमा हुण्डी कोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी सिर्सियाका प्रहरी नायब निरीक्षक गजेन्द्र साहको नेतृत्वमा रहेको प्रहरी टोली र सशस्त्र प्रहरी विओपी अलौँका सशत्र प्रहरी निरिक्षक इशवर अधिकारी नेतृत्वकाे टोलीले संयुक्त रुपमा गरेको नियमित चेकजाँचको क्रममा विहान ८ बजेको समयमा बिरगंज महानगरपालिका वडा नं. १७ अलौँ बाट भारत बिहार बेतिया बस्ने बर्ष ३५ को उमेश साहलाई नगद भारतिय रुपैया ९० हजार सहित पक्राउ गरेकाे हाे ।

ना ५६ प ६८७८ नम्वरको एफ जेड मोटरसाइकल सवार साहलाई माेटर साइकलसहित प्रकाउ गरिएकाे सशस्त्र प्रहरी निरिक्षक अधिकारीले वताए । पक्राउ परेका साहलाई आवश्यक करवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सिमा प्रहरी निरिक्षक अधिकारीले जानकारी गराए । 

पक्राउ परेका साह नेपालमै काम गर्दै आएको र लामो समय देखि घर जान नपाएको कारण कमाएको सबै पैसा बोकेर घर जान लागेको प्रहरीलाई ब्यान दिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले पैसा निजकै हो कि होइन भन्ने बिषयमा अनुन्धासान भइरहेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...