29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजका एमविविएस डाक्टरहरुद्वारा सामुहिक राजिनामा

वीरगञ्ज । वीरगञ्जका विभिन्न निजि अस्पतालमा कार्यरत १ सय ५० जना एमविविएस डाक्टरहरुले सामुहिक राजिनामा दिएका छन् ।

यसअघि विभिन्न ५ बुँदे मागसहित ७ दिने अल्मिेटम दिदा पनि मागको सम्बोधन नभएको भन्दै सोमवारसम्म मात्रै काममा जाने डाक्टरहरुले बताएका छन् । अस्पताल प्रशासन, चिकित्सक संघ, जिल्ला प्रशासन कार्यालय लगायका ठाउँमा ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नभएको भन्दै मंगलवारबाट काममा नजाने मेडिकल अफिसर एसोसियसन अफ वीरगञ्जका उपाध्यक्ष डा. विवेक यादवले बताए ।

एमबिबिएस डाक्टरहरुले न्युनतम ६५ हजार तलब पाउनुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जिवन बिमा गर्नुपर्ने, अस्पतालमा काम गर्दा क्वारेन्टाईनमा अस्पतालले नै सुविधा दिनुपर्ने, विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार व्यक्तिगत सुरक्षा (पिपिई) लगायतका सामाग्री  उपलब्ध गराउनुपर्ने, कार्यअवधिमा कोरोना संक्रमण भएमा अस्पतालबाट निशुल्क उपचार पाउनुपर्ने लगायतका मागसहित ७ दिने अल्टिमेटम दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.717 sec. Memory consumption:81.47 mb