29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा उपचाररत काेराेना संक्रमित महिलाकाे मृत्यु

वीरगंज । पर्सामा काेराेना भाइरस (काेभिड १९) संक्रमित थप एक जनाकाे मृत्यु भएकाे छ ।

नारायणी कोभिड १९ अस्पताल वीरगंज हेल्थ केयरमा उपचाररत वीरगंज महानगरपालिका वडा नं. ११ बस्ने ५६ वर्षिय महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासमा समस्या रहेको महिलाकाे शुक्रबार बेलुका ०७:३० बजे मृत्यु भएकाे हाे । प्रशासन कार्यालयले जनाए अनुसार श्रावण २२ गते स्वाव संकलन गरी महिलाकाे आरटी पिसिआर परीक्षण गर्दा श्रावण २४ गते नतिजा पाेजिटिभ आएको थियाे । 

त्यसपछि वीरगंज हेल्थ केयर काेभिड अस्पतालकाे आइसियु र पछिल्लो १२ घण्टा भेन्टिलेटरमासमेत राखेर उपचार गर्ने क्रममा मृत्यु भएकाे हाे । मृतकाे कुनै किसिमकाे ट्रेभल हिस्ट्री नरहेको जनाइएकाे छ ।

प्रशासन कार्यालयकाे तथ्यांक अनुसार याेसंगै पर्सामा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २९ पुगेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:5.092 sec. Memory consumption:81.45 mb