29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

पर्सामा थप ७५ जनामा काेराेना संक्रमण, मृत्यु हुनेकाे संख्या २६ पुग्याे

वीरगंज । पर्सामा थप ७५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । वीरगंज महानगरपालिकाकाे ७१ सहित शुक्रबार थप ७५ जनामा काेराेना भाइरस संक्रमण फेला परेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
संक्रमित हुनेमा ५१ पुरुष र २४ महिला रहेका छन । वीरगंज महानगरपालिकाका ७१, बहुदरमाई नगरपालिकाका १, जिराभवानी गाउँपालिकाका १, पोखरिया नगरपालिकाका १ र पकहाँमैनपुर गा.पा.का १ गरी ७५ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
 
 याेसंगै प्रशासन कार्यालयका अनुसार पर्सामा कोरोना संक्रमितकाे संख्या एक हजार ७ सय ३६ पुगेकाे छ । जसमा १३५६ पुरुष र ३८० महिला रहेका छन् ।
 
कोरोना मुक्त भई घर फर्केकाको संख्या ७२ महिला सहित ३ सय ४५ रहेकाे छ । शुक्रबार विभिन्न उमेर समूहका ७ जना संक्रमित काेराेना मुक्त भएकाे प्रशासन कार्यालयले उपलब्ध गराएकाे विवरणमा उल्लेख छ । काेराेना संक्रमित ५ पुरुष र २ महिला निको भई घर फर्केकाे जनाएकाे छ ।
 
आईसोलेसनमा रहेको पोजेटिभ केस २७ महिलासिहत एक सय ३८ रहेकाे छ भने होम आईसोलेसनमा रहेको पोजेटिभ केस २ सय ५ महिलासहित ६ सय ५ रहेकाे छ ।
 
हाल सम्म १७ हजार २ सय ६६ जनाकाे स्वाव संकलन भएकाे जस मध्ये ३७२ जनाकाे अझै रिपोर्ट आउन बाँकी रहेकाे प्रशासन कार्यालयले जनाएकाे छ । काेराेना संक्रमणबाट हाल सम्म २६ जनाकाे मृत्यु भएकाे प्रशासन कार्यालयकाे तथ्यांकमा उल्लेख छ ।
आज संकलन भएको स्वाव संख्या : २७१
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:209. Generation time:3.821 sec. Memory consumption:81.25 mb