Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्साको धोरेस्थित नाकामा मल ल्याउने विषयमा विवाद

spot_img
spot_img
वीरगन्ज । पर्साकाे ग्रामिण भेगकाे धाेरेस्थित सिमानाकामा आज विहान सशस्त्र प्रहरी र स्थानिय बिच विवाद भएकाे छ ।
 
सिमामा खटेका शसस्त्र प्रहरीले तस्करलाई छुट र सर्वसाधारणलाई दु;ख दिएकाे भन्दै स्थानियहरु बिराेधमा उत्रेपछि विवाद भएकाे थियाे । स्थानियहरुका अनुसार आफुलाई पत्रकार बताउने स्थानिय चन्द्रिका पटेलले सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई मिलाएर भारतबाट रसायनिक मल ल्याएपछी स्थानियहरु विरोधमा उत्रिएका थिए ।
 
सिमानाकामा बसेका स्थानियहरु सिमापारीबाट ल्याएकाे मल राेकेर हाे-हल्ला गरेपछि शसस्त्र प्रहरी र स्थानिय बिच विवाद उत्पन्न भएकाे थियाे ।
 
स्थानियले पत्रकार भन्ने ब्यक्तिलाई भारतबाट रासायनिक मल ल्याउने दिने र किसानलाई भने एक बोरा पनि मल ल्याउन नदिने भनि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट घेराउ गरी हुहल्ला गरेपछि केही बेर तनावको स्थिति समेत उत्पन्न भएको थियो ।
 
पकाहा मैनपुर बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक विष्णु उप्रेतीले स्थानियहरुलाई समझाइ बुझाइ अब देखी कसैलाई सिमापारीबाट आवत जावत र माल सामान ल्याउन नमिल्ने वताएपछि स्थिति साम्य भएको थियो ।
 
पक्राउ गरीएको रसायनीक मल र साईकल आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरी निरीक्षक विष्णु उप्रेतीले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...