2 April 2025
KALIKATIMES.COM

कालिकामाईमा छाेराकाे टाउकाे फुट्याे, बाबु कुटिए

पाेखरिया । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुरमा कुटपिट भएकाे छ । स्थानिय ५ जनाकाे समुहले साेही ठाउँ निवासी ४० बर्षिय हरिनारायण चाैरसियालाई कुटपिट गर्दा उनी घाइते भएका छन् ।

स्थानिय बनारसी महताे, गाेपिचन महताे, ठग महताे, जनारसी महताे र अकलेश महताेले कुटपिट गरेकाे भन्दै पिडित चाैरसियाले इलका प्रहरी कार्यालय पाेखरियामा उजरी समेत दिएका छन् ।

आइतबार दिउसाे पडाेसी महेश महताे केवंटकाे छाेरा धर्मेन्द्र महताे केंवटले खेल्ने क्रममा चलाएकाे ढुंगा लागेर घाइते चाैरसियाकाे ४ बर्षिय छाेरा कृष्ण चाैरसियाकाे टाउकाे फुटेकाे थियाे । त्यसपछि चाैरसियाले स्थानिय स्वास्थ्य चाैकीमा छाेराेकाे उपचार गराउन गएका थिए ।

भिनाजु चाैरसियाले टाउकाे फुटेका भान्जाकाे उपचार गराएर अस्पतालबाट निस्कने क्रममा बाहिर रहेका ५ जनाकाे समुहले भिनाजुलाई कुटपिट गरी घाइते बनाएकाे जयप्रकाश चाैरसियाले वताए । उनका अनुसार ढुंगा हानेका बालकका परिवारका सदस्यहरुले गल्ती भइसकेछ भनिरहदा उनका भाई पटिडारले विवाद गरी चाैरसियालाई लाठी फाटाले कुटपिट गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.763 sec. Memory consumption:82.49 mb