26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

काेराेना संक्रमणबाट मृत्यु भएकाकाे शव अस्पताल मै, व्यवस्थापन हुन सकेन

वीरगंज । काेराेना भाइरस संक्रमणबाट मृत्यु भएकाकाे शव व्यवस्थापनकाे समस्या समाधान हुन सकेकाे छैन् । समस्या समाधान नहुदा ३ दिन देखी मृत्यु भएका काेराेना संक्रमितकाे शव अस्पताल मै रहेकाे छ ।

काेराेना संक्रमणबाट मृत्यु भएकाकाे शव अस्पताल मै रहेकाे नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए । बुधबार मृत्यु भएका २ जना र बिहिबार मृत्यु भएका ३ जनाकाे गरी ५ जनाकाे शव अस्पताल मै रहेकाे छ ।

शवकाे व्यवस्थापनकाे जिम्मा सेनाकाे भएकाे र जनताकाे अवराेधका कारण सेनाले शव व्यवस्थापन गर्न नसकेकाे नारायणी अस्थाई काेराेना बिशेष अस्पताल गण्डकका संयाेजक डा. उदय नारायण सिंहले वताए ।

सुरुमा जलाएर काेराेना संक्रमितकाे शव व्यवस्थापन गर्दा समस्या नदेखिए पनि पछि गाडेर व्यवस्थापन गर्न थाल्दा समस्या देखिएकाे हाे ।

सेनाले साउन १२ गते साेमबार वीरगंज महानगरपालिकाकाे वडा नं. ३१ मिलनचाेकस्थित काेराेना संक्रमितकाे शव गाडेर व्यवस्थापन गर्न खाेज्दा स्थानियहरु अवराेध गरेका थिए । स्थानियहरुकाे अवराेधका कारण साेही दिन आधि रातमा सेनालाई तिलावे नदीमा जेसिभिले शव गाडेर व्यवस्थापन गर्नु परेकाे थियाे ।

तर त्यसकाे भाेली पल्ट मंगलबार वीरगंज  १७ अलाैं, काेनिया र वीरगंज  २५, केहुनियाका स्थानियहरुले पनि बिराेध प्रदर्शन गरेका थिए । त्यसपछि हाल सम्म शव व्यवस्थापन हुन सकेकाे छैन् भने त्यस यता थप ५ जना काेराेना संक्रमित मृत्यु भएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:222. Generation time:3.923 sec. Memory consumption:81.42 mb