26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा कोरोना संक्रमितले बच्चा जन्माइन्

वीरगन्ज । नारायणी अस्थायी कोरोना बिशेष अस्पताल गण्डकमा उपचाररत एक कोरोना संक्रमित गर्भवतीले छोरीलाई जन्म दिएकी छन् ।

वीरगन्ज महानगरपालिका–१ छप्कैयानिवासी ३१ वर्षीया महिलाले शुक्रबार बिहान ४ बजेर १० मिनेटमा छोरी जन्माएकी अस्पतालका संयाेजक डा. उदय नारायण सिंहले वताए ।

‘आमा र बच्चा’ दुवैको स्वास्थ्य समान्य रहेकाे उनले जानकारी गराए ।

डा. सिंहका अनुसार ती महिला सुरुमा नारायणी अस्पताल पुगेकी थिइन् । त्यहाँबाट नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल रेफर गरिएको थियो ।

‘कोरोनाको शंका लागेर बिहीबार मेडिकल कलेजले कोरोना अस्पताल पठायो,’ उनले भने, ‘बिहीबार राति नै गर्भवती महिलाको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो ।’

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.672 sec. Memory consumption:81.43 mb