Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

५ हजार टन मकै राख्ने भकारी भत्कदा ७ घाइते, ३ वटा ट्रक च्यापिए

spot_img
spot_img

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिका वडा न‌ं. ४ चैनपुरस्थित मकैकाे दाना बनाउने कारखानामा दुर्घटना हुदा ७ जना घाइते भएका छन् ।

ओम चावाे बिराे फिड इन्डस्ट्रिजमा मकै राख्ने भकारी भत्कदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । साे दुर्घटनामा परी ७ जना घाइते भएकाे इलका प्रहरी कार्यालय प्रसाैनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवले वताए ।

घाइतेहरुकाे वीरगंज गण्डकस्थित नारायणी वायाेधा हस्पिटलमा उपचार भइरहेकाे उनले जनाए ।

वायोधा हस्पिटलमा घाईते बिकास कुमार, आजाद हुसेन, जाैवाद हुसेन, शैलेन्द्र सिंह, श्रीराम राउत, माेहन पटेल, श्रीलाल पटेलको उपचार भइरहेको हस्पिटलका एमामुल हक अन्सारीले वताए ।

उनले घाइते सबै कारखानामा कार्यरत कामदार रहेको जनाए ।

करखानाकाे ५ हजार टन मैके राख्ने भकारी भत्कदा ३ वटा ट्रक च्यापिएकाे समेत प्रहरी निरिक्षक सिंहले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...