Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

५ हजार टन मकै राख्ने भकारी भत्कदा ७ घाइते, ३ वटा ट्रक च्यापिए

spot_img
spot_img

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिका वडा न‌ं. ४ चैनपुरस्थित मकैकाे दाना बनाउने कारखानामा दुर्घटना हुदा ७ जना घाइते भएका छन् ।

ओम चावाे बिराे फिड इन्डस्ट्रिजमा मकै राख्ने भकारी भत्कदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । साे दुर्घटनामा परी ७ जना घाइते भएकाे इलका प्रहरी कार्यालय प्रसाैनीका प्रहरी निरिक्षक ओमप्रकाश यादवले वताए ।

घाइतेहरुकाे वीरगंज गण्डकस्थित नारायणी वायाेधा हस्पिटलमा उपचार भइरहेकाे उनले जनाए ।

वायोधा हस्पिटलमा घाईते बिकास कुमार, आजाद हुसेन, जाैवाद हुसेन, शैलेन्द्र सिंह, श्रीराम राउत, माेहन पटेल, श्रीलाल पटेलको उपचार भइरहेको हस्पिटलका एमामुल हक अन्सारीले वताए ।

उनले घाइते सबै कारखानामा कार्यरत कामदार रहेको जनाए ।

करखानाकाे ५ हजार टन मैके राख्ने भकारी भत्कदा ३ वटा ट्रक च्यापिएकाे समेत प्रहरी निरिक्षक सिंहले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

वीरगंज । जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको छ । संविधान दिवस...

मधेसका पालिकामा भ्रष्टाचार भयावह, सुशासनमाथि प्रश्न : सांसद पन्त

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले मधेस प्रदेशका स्थानीय तहमा भ्रष्टाचार र अनियमितता भयावह रूपमा बढेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको...