23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

इन्भेष्टमेन्ट बैंकले फिर्ता मागेकाे ज्याकेट फिर्ता गर्नु पर्दैन्

वीरगंज । नेपाल इन्भेस्टमेन्ट बैंक लि. वीरगंजले पत्रकारहरुको गरिमामाथि खेलवाड गरेकाे छ । बैंकले आफ्नो २६ औ वार्षिकोत्सबको अवसर पारेर शुक्रबार वीरगंजका केही पत्रकारहरुलाई निमन्त्रणा गरेर फोटो पत्रकार महासंघ लेखिएको ज्याकेट वितरण गरेकाे थियाे ।

बैंकले पछि सो ज्याकेटहरु फिर्ता पाउँ भनि वितरण गरेका पत्रकारहरुलाई एस.एम.एस. गरेपछि आफुहरुकाे अपमान भएकाे वताएका छन् ।

बैंकका प्रबन्धक रोशन भक्त श्रेष्ठले वीरगंजका केही पत्रकारहरुलाई एस.एम.एस मार्फत नै निमन्त्रणा गरेका बाेलाएर ज्याकेट समितकाे सामग्री वितरण गरेका थिए । फाेटाे पत्रकार लेखेकाे ज्याकेट फाेटाे पत्रकार महासंघकाे समन्वय बेगर नै वितरण गरेका कारण बिराेध भए पछि साे ज्याकेट फिर्ता गर्न एस‌‍‍‍‍.एम.एस. गरेपछि बैंककाे आलाेचना समेत भइरहेकाे छ ।

बैंककाे लज्जास्पद काम गर्नुले वीरगंजका पत्रकारहरु आक्रोसित देखिएका छन् । बैंकले नेपाल पत्रकार महासंघकाे समन्वयमा वीरगंजका प्रत्येक संचार माध्यमबाट एक/एक जनालाई कमसेकम बाेलाएर सामग्री वितरण गर्नु पर्नेमा त्यस्ताे नगरेका कारण पनि पत्रकारहरु आक्राेसित देखिएका हुन् ।

फाेटाे पत्रकार लेखेकाे ज्याकेट फाेटाे पत्रकार महासंघकाे समन्वयमा वितरण गर्नु पर्नेमा त्यस्ताे पनि नगरेका कारण बैंककाे लपारवाही देखिएकाे छ ।

बैंकले वीरगंजका ४० जना पत्रकारहरुलाई प्रेस ज्याकेट, माक्स, सेनिटाइजर र कलेन्डर वितरण गरेकाे थियाे ।

बैंकका प्रबन्धक श्रेष्ठसंग तपाईहरुले वितरण गरेकाे ज्याकेट फिर्ता माग्नु भएकाे साेध्दा अब नगर्नु पर्ने वताए । केही समस्या थियाे त्यही भएर हामी भनेका थियाैं, अब पर्दैन् उनले भने ।

नेपाल पत्रकार महासंघकाे समन्वय बेगर नै तपाईहरु सामग्री वितरण गर्नु भएकाे भनेर साेध्दा बैंक मै आएर कुरा गर्नु न उनकाे जवाफ थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:3.676 sec. Memory consumption:81.51 mb