Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

छिपहरमाईमा आलुबाट रुपैया बरामद, २ जना पक्राउ

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकीबाट आलुमा लुकाई छिपाई ल्यउदै गरेकाे ३ लाख ५५ हजार रुपैयासहित २ जनालाई पक्राउ गरेकाे छ ।

सशस्त्र प्रहरी बल बाेर्डर आउट पाेष्ट भिस्वा बन्जारीकाे गस्ती टाेलीले भारतबा आउलुमा लुकाई छिपाई ल्याउदै गरेकाे स्राेत नखुलेकाे रुपैया सहित २ जनालाई पक्राउ गरेकाे हाे ।

छिपहरमाई गाउँपालिका वडा नं. २ चरगाहा बस्ने बर्ष ३३ का जन्जय यादव र साेही ठाउँका बर्ष १९ का रन्जय बैठालाई रुपैयासहित पक्राउ गरिएकाे सशस्त्र प्रहरी बल बन्जारीका प्रहरी निरिक्षक हरि पराजुलीले वताए ।

निजहरुकाे साथबाट नेरु १०००, ५००, १००, ५०, २०, १०, ५ काे नाेट गरी कुल ३ लाख ५५ हजार बरामद भएकाे उनले जानकारी गराए ।

निजहरुले प्रयाेग गरेकाे बिआर २२ भि ३८२५ भारतिय नम्बरकाे हुण्डा एसपी साइन माेटर साइकलसहित दुबै जनालाई आवश्यक कारवाहीकाे लागि इलाका प्रहरी कार्यालय पाेखरियामा बुझाईएकाे प्रहरी निरिक्षक पराजुलीले जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...