22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

छिपहरमाईमा आलुबाट रुपैया बरामद, २ जना पक्राउ

वीरगंज । सशस्त्र प्रहरीले पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकीबाट आलुमा लुकाई छिपाई ल्यउदै गरेकाे ३ लाख ५५ हजार रुपैयासहित २ जनालाई पक्राउ गरेकाे छ ।

सशस्त्र प्रहरी बल बाेर्डर आउट पाेष्ट भिस्वा बन्जारीकाे गस्ती टाेलीले भारतबा आउलुमा लुकाई छिपाई ल्याउदै गरेकाे स्राेत नखुलेकाे रुपैया सहित २ जनालाई पक्राउ गरेकाे हाे ।

छिपहरमाई गाउँपालिका वडा नं. २ चरगाहा बस्ने बर्ष ३३ का जन्जय यादव र साेही ठाउँका बर्ष १९ का रन्जय बैठालाई रुपैयासहित पक्राउ गरिएकाे सशस्त्र प्रहरी बल बन्जारीका प्रहरी निरिक्षक हरि पराजुलीले वताए ।

निजहरुकाे साथबाट नेरु १०००, ५००, १००, ५०, २०, १०, ५ काे नाेट गरी कुल ३ लाख ५५ हजार बरामद भएकाे उनले जानकारी गराए ।

निजहरुले प्रयाेग गरेकाे बिआर २२ भि ३८२५ भारतिय नम्बरकाे हुण्डा एसपी साइन माेटर साइकलसहित दुबै जनालाई आवश्यक कारवाहीकाे लागि इलाका प्रहरी कार्यालय पाेखरियामा बुझाईएकाे प्रहरी निरिक्षक पराजुलीले जनाए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.734 sec. Memory consumption:81.46 mb