22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

कुटपिट गर्ने सशस्त्र प्रहरीविरुद्ध भिस्वामा टायर बालेर प्रदर्शन

भिस्वा । पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा बजारमा आज स्थानियहरुले सशस्त्र प्रहरी विरुद्ध टायर बालेेर प्रदर्शन गरेका छन् । सशस्त्र प्रहरी बेस क्याम्प भिस्वा बंजारीको ज्याददतीकाे विरुद्धमा उनीहरु प्रदर्शन गरेका हुन् ।

स्थानिय २ जना युवाहरुलाई विना कारण निर्घात कुटपिट गरे पछि स्थानियहरु ढंगामुडा गर्दै प्रतिकारमा उत्रेका थिए । सशस्त्र प्रहरीका आधा दर्जन भन्दा बढी रहेका जवानहरुले गाडी रोकी भिस्वा निवासी अजय साह र जहागिर मियालाई कुटपीट गरे पछि स्थानियहरु प्रतिकारमा उत्रे पछि केही बेर तनाव समेत भएकाे थियाे ।

स्थानियहरु भिस्वा चाेकमा जम्मा भई प्रतिकारमा उत्रेपछि सशस्त्र प्रहरीहरुले गाडीमा चढी भागेको स्थानियहरु बताएका छन् ।

सशस्त्र प्रहरीले दिनप्रतिदिन स्थानियहरुलाई दु:ख दिने, बिना कारण धाकधम्की दिने र आफुहरु जे गरे पनि ठिक मानसाय बोकेका ;शस्त्र प्रहरीको रवैया दिनहु बढदै गएका कारण स्थानियहरु टायरबाली प्रदर्शनमा उत्रन बाध्य भएको स्थानियहरुकाे भनाई छ ।

स्थानियहरुका अनुसार सशस्त्र प्रहरी निरिक्षक हरि पराजुलीकाे आदेशमा तस्करलाई छुट र जनतालाई दु:ख दिने काम सशस्त्र प्रहरीले गरिरहेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:216. Generation time:6.703 sec. Memory consumption:81.47 mb