21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

संघीय सरकार विरुद्ध वीरगंजमा समाजबादी युवा संघको बिरोध प्रदर्शन

वीरगंज । समाजबादी युवा संघले बुधबार वीरगंजको घन्टाघरमा संघ सरकार विरुद्धमा प्रदर्शन गरेकाे छ ।

राज्यको सम्पूर्ण कामकारवाही चल्या छ तर जनताको चुलो बन्द रहेको अवस्थामा सरकारले जनतासँग असुल्ली गर्ने कर, किसानको व्याज, व्यापारीहरूको व्याज लगायत कुरामा उर्दी जारी गरेको विरुद्धमा पर्साको सदरमुकाम बिरगंजको घन्टाघरमा सांकेतिक बिरोध मार्फत राज्यलाई ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको समाजवादी युवा संघका प्रदेश सदस्य शिव कुमार साहले वताए ।

युवाहरुले लकडाउन अवधि भरको कर, बैंक ब्याज, बिजुली बिल, स्कुल/कलेज शुल्क र घर भाडा माफ गर, निकममा अर्थमन्त्रि राजिनामा दे, प्रदेश नं.२ लाई विशेष आर्थिक पैकेज घोषणा गर, मलखाद तथा बिउबिजन सुलभ तरिकाले प्रयाप्त मात्रामा व्यवस्था गर, पिसिआर र आरडिटी प्रयाप्त मात्रामा उपलब्ध गराउ, मा. रेशम चौधरीलाई अबिलम्ब रिहा गर, गरिब, मजदुर, किसान, असहायलाई अबिलम्ब राहतको व्यवस्था गर र बिदेशमा फसेका नेपालीलाई अबिलम्ब ल्याउने व्यवस्था गर लगायतकाे नारा लेखिएकाे प्ले कार्ड सहित शान्ति पूर्ण प्रदर्शन गरेका हुन् ।

जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं युवा सह-इन्चार्ज फिरोज मन्सुरको नेतृत्वमा भएको बिरोध कार्यक्रममा समाजबादी युवा संघका केन्द्रिय सदस्य अजय यादव, प्रदेश सचिव कसीम अन्सारी, प्रदेस सदस्य शिव कुमार साह, अजय प्रसाद साह, ऋषि साह, युवा नेता अमोद यादव, रामबाबु यादव, दिलिप रौनियार लगायतको युवाहरुको सहभागीता रहेको थियो |

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:2.953 sec. Memory consumption:81.5 mb