21.9 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

प्रहरीबाट सरसफाईकर्मी पनि कुटिए, बिराेधमा गरे सरसफाइकाे काम ठप्प

वीरगंज । पर्सा प्रहरीकाे दिन प्रति दिन ज्यादती बढ्दै गएको देखिएको छ । कसैमाथि लाठिचार्ज गर्ने, कसैलाई पनि हेप्ने कुट्ने गरेको समाचार आउदा पनि प्रहरी आम नागरिको नजरमा खस्दै गएको आभास हुन थालेकाे छ ।

शनिवार पुनः प्रहरीको त्यस्तै घटना सार्वजनिक भएको छ । वीरगंज महानगरको सरसफाईमा खटिएका कर्मचारीलाई प्रहरीले कुटपिट गरेका छन् । प्रहरी ज्यादतीको विरोधमा सफाई कर्मचारीहरुले काम रोकेपछि आजदेखि वीरगंज महानगरपालिकाको फोहोर उठेको छैन ।

वीरगन्ज महानगर पालिकाले ठेक्का मार्फत र महानगरपालिकाकै सरसफाई कर्मचारीहरु मार्फत पनि पोहोर उठाउदै आएकोमा लकडाउनको समयमा सरसफाईमा खटिएका कर्मचारीहरुलाई प्रहरीले कुटपिट र दुव्र्यवहार गर्न थालेपछि उनीहरुले फोहोर उठाउन छोडेका हुन् ।

बिहिबार सरसफाई शाखाका कर्मचारी छोटेलाल प्रसाद कुश्वाहालाई प्रहरीले कुटपिट गरी मोटरसाईकल समेत खोसेर दुव्र्यवहार गरेको थियो । घटनाको बारेमा पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तसँग गुनासो गर्दा एसपी पन्त उल्टै हाँसेर मात्रै गएको र कुनै जवाफ नदिएपछि कर्मचारीहरु काममा नआएको सरसफाईको ठेकेदार कम्पनी पृथ्वी तारा एनके इन्टरनेशनल जेभीका निर्देशक शिव गुप्ताले संचारकर्मीलाई बताए ।

सफाई कर्मचारी फोहोर उठाउन नआएपछि वीरगंज महानगर पालिकाका मेयर विजय कुमार सरावगीलाई जानकारी गराएको र मेयर सरावगीले प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की र प्रहरी उपरिक्षक गंगा पन्तसँग समन्वय गरेर फेरी सफाई कर्मचारीहरुलाई काममा फर्काएका थिए ।

तर, हिजोसाँझ फेरी ठेलामा जम्मा भएको फोहोर ट्याक्टरमा हालेर ल्याण्डफिल साईटतिर लिएर जानेक्रममा वीरगन्जको माईस्थान नजिकै डिउटीमा खटिएको प्रहरीले सफाई कर्मचारीलाई अवरोध गरेर दुव्र्यवहार गरेपछि आजदेखि सफाई कर्मचारीहरु काममा नआएका कारण महानगरपालिकाको पोहोर उठेको छैन ।

कोरोनाको महामारीमा पनि ज्यान जोखिममा राखेर सरसफाईमा खटिएका कर्मचारीहरुमाथि प्रहरी प्रशासनले पटक पटक अनावश्यक दुःख दिने गर्दा काम गर्न समस्या भएको ठेकेदार गुप्ताले बताए ।

सडकमा डिउटीमा खटिने प्रहरीलाई सरसफाई कर्मचारीको परिचय पत्र देखाएर गृहमन्त्रालयले परिपत्र गरेको कागज देखाउदा समेत प्रहरीले को हो गृहमन्त्रालय ? हामी मान्दैनौ एसपीले जे आदेश दिन्छ त्यही गर्छौ भनेर जवाफ दिने गरेको सरसफाई कर्मचारीहरुले बताएका छन् ।

लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउने नाममा ज्यादती गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचनाहरु हुदै आएको छ ।

वीरगन्ज महानगरपालिकाका मेयर सरावगी पनि स्थानीय प्रहरी प्रशासनले समन्वयकारी भूमिका निर्वाह नगरेको गुनासो गरेका छन् । महानगरपालिकाका सरसफाई कर्मचारीहरुलाई दैनिक जसो प्रहरीले दुख दिने गरेकोले सरसफाई समेत प्रभावित हुन पुगेको बताए ।

अतिआवश्यकीय काममा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाईकर्मी, खाद्यान्न व्यवसायी, औषधि व्यवसायी र सञ्चारकर्मी मात्रै होईन नागरिक समाजले पनि प्रहरीको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गरेका छन् ।

नागरिक समाजले लकडाउन पालनाको नाममा प्रहरी आक्रामक रुपमा प्रस्तुत भई कुटपिटमा उत्रिनु अत्यन्त दु:खद रहेको भन्दै नागरिक समाजले प्रहरीको कार्यशैली सुधार गर्न अनुरोध गरेको छ ।

प्रहरीको कार्यशैलीमा सुधार नआए नागरिक समाज जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाउने तयारीमा रहेको नागरिक समाजका एक सदस्यले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:4.447 sec. Memory consumption:81.5 mb