26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लकडाउन र इद

इद मुस्लिम समुदायको सबै भन्दा ठलाे पर्व हो। इदको तयारी एक महिना अगाडि अर्थात रोजा (वर्त) बसेर गरीन्छ । रमजान महिना मुस्लिमहरुको सबै भन्दा पवित्र महिना हो । जहाँ एक महिना बर्त बसिन्छ । करिब ४ बजे भन्दा बिहान अगाडि खाना खाइन्छ र दिनभरी बेलुका ७ बजेसम्म केहि नखाई बर्त बसिन्छ । रमजान महिनामा मिठो मिठो परिकार पकाइन्छ । आज फेरी म आफ्नो बाल्यकाल सम्झिन चाहन्छु । हामी रमजान महिना भरी विभिन्न परिकारको खाना परिकार खाना पकाइन्थियो । हामी बर्त बस्दा बिहानै ३ बजे उठेर खाना खाइन्थ्यो । कहिले काहीँ परिक्षाको महिनामा रमजान पर्दा हामी विहान ३ बजे खाना खाएर
पढ्न बस्थेम र १० बजे परीक्षा सकेर घर आउने गर्थे । म रमजान महिनामा सबै परिवार एक साथ भइन्थ्यो । कयौ महिनासम्म नबोल्ने इष्टमित्र, परिवारहरुको झगडा बिर्से र हामीसँगै रमाउने गर्थेम । मासु, माछाको परिकारका धरेै जसो बनाइन्थियो । हामी एक महिना अगाडिबाट खुसि हुन्थेम किनभने हिन्दुधर्ममा दसै जस्तै मुस्लिमकोलागि इद हन्छ । इदमा नयाँ नयाँ कपडाहरु बुबाहरु किन्नुहुन्थ्यो। सबै हाम्रो लागि नँया नयाँ कपडा किनिन्थ्यो । यसै गरी रमजान महिनामा जाकात निकालिन्छ जनु गरिब, एकल महिला र असहायलाई दिइन्छ । हामी इदको अघिल्लो दिन हामी सबै मुस्लिम साथीहरु मिलेर इदगाह (इदको नमाज पढ्ने ठाउँ) गाउँ बाहिर शान्त वातावरणमा हुन्थ्यो । हामी गएर त्यहा सफा सुग्घर र विवाहको मण्डप जस्तै झिलिमिलि बनाउथे । बेलुका अबेलासम्म इष्टमित्र आफन्तसँग गफगाफ हुन्थ्यो । र भोली बिहानै उठेर नमाजको लागि इदगाहमा नुहाएर नयाँ कपडा,
टोपी, रुमाल, लगाई सबै हिडेर इदगाह पुगिन्थ्यो त्यो बेला त्यो नयाँ कपडा लगाउँदा छुटै आनन्द र खुसी भइन्थियो दिदिबहिनी आमाहरु मेहन्दी लगाउनु हुन्थ्यो। कति रमाइलो हुन्थियाे त्योबेला आँखामा झलझली आउँछ ।

तर यो वर्ष पहिलाको जस्तै रौनक छैन । आफन्तहरु पनि आफ्नो आफ्नै ठाउँमा लकडाउनमा हनुहुन्छ । यो वर्षको इदमा परिवार सबै कोहि कता कोहि कता हुनुहुन्छ । इदको उत्साह थाेरै पनि छैन । सायद यो जिवनको पहिलो खल्लो र नरमाइलो इद हुने छ । कसैको मनमा खुसी देखिदैन । तर यसपालिको इद हामी अलि फरक तरिकाले मनाउने सोचेको छौ । यो वर्षको इदको दुवा प्रार्थना कोरोना भाइरसको रोकथाम र समाधानको लागि हुनेछ । यो वर्षको इदको दुआ त्यो सबै पिडित परिवारलाई हुनेछ । यो वर्षको इदको दुआ त्यो डाक्टर, नर्स, सेना र सुरक्षाकर्मीकोलागि हुनेछ । हामीले यो वर्ष पुरानै कपडा लगाएर इद मनाउने छ । यो वर्ष नयाँ कपडा किन्नको लागि छुट्याएको पैसालाई त्यो गरिब पिडित असहायलाई सहयोग गर्नेछाैं । यो वर्ष कोहि गरिब वा धनी सबै सम्मान रुपमा कपडा लगाउने छन । यसपालि हात र गले मिलेर होइन टाढा भई दिलबाट आशिष दिइनेछ । नमाज घरमै पढिन्छ । यो वर्ष भेटेर होइन सामाजिक सञ्जालबाट कुराकानी शुभकामना आदानप्रदान गरिनेछ । यो वर्ष आफ्नै घरमा बनाएको सेवई (इदको दिन खाने परिकार) बनाएको छाै । आफ्नै घरमा भएका सिमित चिजबाट इद मनाउने छाै । यो वर्ष इदको सम्झना जिवनभरी हुनेछ ।

    मुस्तफा आलम

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वंगलादेशको म्यासेज

कालिका टाईम्स

ममता र मानवताकाे महापर्व छठ पुजा

कालिका टाईम्स

हाम्रो पत्रकारिताः भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म

कालिका टाईम्स
SQL requests:221. Generation time:3.631 sec. Memory consumption:82.06 mb