Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

कमिसनको चक्करमा मनपरी ढंगले मलकाे बिक्रीवितरण

spot_img
spot_img

बीरगन्ज । बीरगन्जस्थित कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख गोविन्द पराजुलीले कमिसनको चक्करमा मनपरी ढंगले खाद्य सामाग्री बिक्रीवितरण गरेको आरोप लागेको छ ।

कम्पनीको प्रादेशिक कार्यालयका हाकिम पराजुलीले स्टोर किप्पर पुरुषोत्तम सिंहसँग मिलेर जताबाट धेरै कमिसन पाइन्छ त्यतैतिर बढी परिमाणमा युरिया, पोटास, डिएभी लगायतका खाद्य सामाग्री बिक्रीवितरण गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक खरिदकर्ताले बताए । हरेक खरिदकर्ताबाट बिक्री मूल्यको कम्तीमा ५ देखि बढीमा ३० प्रतिशतसम्म कमिसनमा यो चलखेल भइरहेको श्रोतले जनाएकाे छ ।

बीरगंजस्थित कृषि सामाग्री कम्पनी लिमिटेड मातहातका १६ ठाउँमा रहेका कार्यालयलाई खाद्य सामाग्री बिक्री गर्ने गर्छ । पर्सामा भने कार्यालयले सिधैं आफै बिक्रीवितरण गर्ने गरेको छ ।

१६ ठाउँमध्ये प्रमुख पराजुलीको मिलोमतोमा केही ठाउँमा मात्र अधिक मात्रमा खाद्य सामाग्री पठाउने गरिएको श्रोतकाे भनाई छ। श्रोतका अनुसार हाकिम पराजुलीले कमिसनको चक्करमा भरतपुर, जनकपुर, त्रिशुली, धुलिखेल लगायतका ठाउँका कार्यालयमा मात्र खाद्य सामाग्री धमाधम पठाइरहेका छन् ।

यस सम्बन्धमा तथ्य बुझ्न संचारकर्मीकाे टाेली कम्पनीको कार्यालय नै पुग्यो । त्यहाँ पुगेर सबैभन्दा पहिला हामीले सूचना संकलन ग¥यौ । कम्पनीले गत चैत र बैशाख महिनामा मातहतका कार्यालयहरुमा बिक्री गरेको खाद्य सामाग्रीको विवरण हामीले त्यहाँका सुचना अधिकारी गोरखनाथ केसी मार्फत लियौं ।

विवरण अनुसार हाम्रो श्रोतले दिएको सूचना अनुसार कै तथ्य हामीले फेला पा¥यौं । कार्यालयले दिएको तथ्यांक अनुसार गत चैत महिनामा २८१ मेट्रिक टन मात्र खाद्य सामाग्री बिक्री गरिएको भरतपुरस्थित कार्यालयलाई बैशाख महिनामा १४६१ मेट्रिक टन खाद्य सामाग्री बेचिएको देखियो ।

त्यस्तै, २४६.५ मेट्रिक टन खरिद गरेको जनकपुरको कार्यालयले बैशाख महिनामा सबैभन्दा धेरै १८६ं० मेट्रिन टन खाद्य सामाग्री खरिद गरेको छ । यसैगरी, कार्यालयको तथ्यांक अनुसार चैत महिनामा १६८ मेट्रिक टन मात्र बिक्री गरिएको त्रिशुलीस्थित कार्यालयलाई बैशाख महिनामा १६१६ मेट्रिक टन खाद्य सामाग्री बिक्री गरिएको छ ।

यस्तै, ढल्केवरस्थित कार्यालयले चैत महिनामा ६३ र बैशाख महिनामा ९४० मेट्रिन टन, धुलिखेलस्थित कार्यालयले चैतमा ६१९ र बैशाखमा १३२६ मेट्रिक टन खरिद गरेको देखिएको छ । उल्लेखित सबै कार्यालयले चैतको तुलनामा बैशाखमा बढी मात्रामा खाद्य सामाग्री खरिद गरेको पाइएको छ ।

चैतमा १७ मेट्रिक मात्र बिक्री गरिएको कावासोतीको कार्यालयलाई बैशाखमा ३२३ मेट्रिन टन खाद्य बिक्री गरिएको छ । चैत महिनामा ५४७.२५ मेट्रिक टन खाद्य पाएको कलैयास्थित कार्यालयले भने बैशाख महिनामा ३९७.५५ मेट्रिक टन मात्र पाएको छ । पर्सामा २१५.२० मेट्रिक टन चैतमा र बैशाखमा १८२०.१५ मेट्रिक टन बिक्री भएको छ ।

स्मरण रहोस्, पर्साका लागि भने कम्पनीले कार्यालयबाट सिधै बिक्री गर्ने गरेको छ । कार्यालयको तथ्यांकलाई केलाउँदा श्रोतले दाबी गरे अनुसार नै चलखेल भएको देखिन्छ ।

यस सम्बन्धमा कार्यालय प्रमुख पराजुलीसँग जानकारी लिन खोज्दा आफु अहिले एउटा मिटिङ्गमा रहेको भने पन्छिन खोजे । “प्रतिक्षा गर्छौ, हामी” हामीले भनेपछि कुरेको केही मिनेट पछि नै पराजुलीले बोलाएर समय दिए । दुई चार ठाउँमा मात्रै किन बढी मात्रामा खाद्य सामाग्री पठाउनु भएको भन्ने प्रश्नमा कुरा टार्दै पराजुलीले भने “त्यहाँ धेरै खपत छ, ती ठूला कार्यालयहरु हुन् ।” कुरा टार्ने प्रयासमा उनले अहिले बालीनालीको समय नै नरहेको भन्न भ्याए ।

कलैया लगायतका यस भेगमा किन खाद्य सामाग्री नपठाउनु भएको भन्ने प्रश्नमा त्यहाँ पहिले कै स्टक रहेको भनेर प्रमुख पराजुलीले जवाफ दिए । मल राख्ने गोदामको अभावले पनि खाद्य सामाग्री नपठाएको उनले भने । हप्तै पिच्छे मल दिएको भन्दै उनले मलको व्यापार गर्ने व्यापारीले मल नपाएको गुनासो गरेको उनले दाबी गरे ।

प्रमुख पराजुलीले भने अनुसार नै कलैयास्थित कार्यालयमा पहिला कै खाद्य सामाग्री स्टक छ कि छैन भनेर सोधपुछ ग¥यौ । कलैयास्थित कार्यालय प्रमुख सिताराम श्रेष्ठका अनुसार पुरानो स्टक नरहेको बताए । १५०० मेट्रिक टन क्षमता भएको गोदाममा अहिले माग भन्दा धेरै कम मात्रामा स्टक रहेको श्रेष्ठले जानकारी दिए ।

उनले भने “ अहिले ४/५ सय बोरा मात्र स्टक छ जसमा युरिया २६.५०, डिएभी ४५५.६५ र पोटास ४१.६०० मेट्रिक टन मौज्दात छ, यो पहिलाको मौज्दात होइन ।”

श्रोतका अनुसार बीरगन्जको रामगढवास्थित गोदाममा ३० हजार बोरा र चिनीको गोदाममा १० देखि १५ गाडी खाद्य सामाग्री स्टकमा लुकाएर राखिएको छ । यता, मलको अभाव सिर्जना गर्दै कमिसनमा चक्कर जताबाट धेरै कमिसन आउँछ त्यतैतिर धमाधम मल बिक्री भइरहेको श्रोत बताउँछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ...

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...