Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

नारायणी अस्पतालकाे आइसाेलेसनबाट ९ जना डिस्चार्ज, पत्रकारकाे रिपाेर्ट पनि नगेटिभ

spot_img
spot_img

वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालकाे आइसाेलेसनमा उपचारत काेराेना संक्रमित ९ जना आज डिस्चार्ज भएका छन् ।

अस्पतालबाट डिस्चार्ज हुनेमा पर्साका ३ जना, बाराका २ जना, राैतहटका ३ जना र एक जना भारतिय नागरिक रहेकाे डा उदय कुमार सिंहले जानकारी दिनुभयाे ।

डा सिंहका अनुसार पर्साकाे वीरगंज महानगरपालिका वडा नं. २,३, १६ का क्रमश ३०, ५०, ५१ बर्षका पुरुष, बाराकाे सिम्राैनगढ ४ का ३१ बर्षिय पुरुष, जितपुर सिमरा १ का ४३ बर्षिय पुरुष, राैतहट गुजरा नगरपालिका ५ का ३५ बर्षिय पुरुष, इशनाथ नगरपालिकाका १९ बर्षिय पुरुष, बृन्दावन नगरपालिकाका २४ बर्षिय पुरुष र एक ४२ बर्षिय भारतिय पुरुष रहेका छन् ।

नारायणी अस्पतालकाे आइसाेलेसनमा उपचारत ७१ जना मध्ये ९ जनाकाे लगातार २ पटककाे पिसिआर रिपाेर्ट नगेटिभ आए पछि डिस्चार्ज गरिएकाे डा सिंहले वताउनुभयाे ।

यसै बिच नारायणी अस्पताल वीरगंजकाे आइसाेलेसन मै उपचारत वीरगंजका २ जना पत्रकारकाे पिसिआर रिपाेर्ट नगेटिभ आएकाे छ । दुबै पत्रकारकाे पुन: ३ दिन पछि पिसिआर परिक्षण गरिने र दाेस्राे पटक पनि रिपाेर्ट नगेटिभ आए डिस्चार्ज गरिने छ ।

यस बारे बुझ्न अस्पतालका मेसु डा मदन कुमार उपाध्यायसंंग फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...