Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

नारायणी अस्पतालकाे आइसाेलेसनबाट ९ जना डिस्चार्ज, पत्रकारकाे रिपाेर्ट पनि नगेटिभ

spot_img
spot_img

वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालकाे आइसाेलेसनमा उपचारत काेराेना संक्रमित ९ जना आज डिस्चार्ज भएका छन् ।

अस्पतालबाट डिस्चार्ज हुनेमा पर्साका ३ जना, बाराका २ जना, राैतहटका ३ जना र एक जना भारतिय नागरिक रहेकाे डा उदय कुमार सिंहले जानकारी दिनुभयाे ।

डा सिंहका अनुसार पर्साकाे वीरगंज महानगरपालिका वडा नं. २,३, १६ का क्रमश ३०, ५०, ५१ बर्षका पुरुष, बाराकाे सिम्राैनगढ ४ का ३१ बर्षिय पुरुष, जितपुर सिमरा १ का ४३ बर्षिय पुरुष, राैतहट गुजरा नगरपालिका ५ का ३५ बर्षिय पुरुष, इशनाथ नगरपालिकाका १९ बर्षिय पुरुष, बृन्दावन नगरपालिकाका २४ बर्षिय पुरुष र एक ४२ बर्षिय भारतिय पुरुष रहेका छन् ।

नारायणी अस्पतालकाे आइसाेलेसनमा उपचारत ७१ जना मध्ये ९ जनाकाे लगातार २ पटककाे पिसिआर रिपाेर्ट नगेटिभ आए पछि डिस्चार्ज गरिएकाे डा सिंहले वताउनुभयाे ।

यसै बिच नारायणी अस्पताल वीरगंजकाे आइसाेलेसन मै उपचारत वीरगंजका २ जना पत्रकारकाे पिसिआर रिपाेर्ट नगेटिभ आएकाे छ । दुबै पत्रकारकाे पुन: ३ दिन पछि पिसिआर परिक्षण गरिने र दाेस्राे पटक पनि रिपाेर्ट नगेटिभ आए डिस्चार्ज गरिने छ ।

यस बारे बुझ्न अस्पतालका मेसु डा मदन कुमार उपाध्यायसंंग फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...