Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

कोरोनाको त्रासले दिएको पिडा

spot_img
spot_img
कोरोना भाईरस अर्थात कोभिड19 ले गर्दा संसार नै त्रसित रहेको बेला हाम्रो देश पनी अछुतो रहने कुरा भएन्। संसारको अधिकांश देशमा यसको संक्रमण बढ्दा बढदै नेपालमा पनी असर शुरू भईसकेको थियो। म वीरगंजवासी हु र यहिको स्थानीय पब्लिक एफ एम संग आबद्ध छु। नेपालमा अली अली संक्रमण भए देखिनै  देशभरी लकडाउन लगाईएको थियो। लकडाउनको प्रभाव वीरगंजमा नपर्ने सम्भावन नै भएन। त्यसमा पनी वीरगंजबाट्ट कोरोनाको केश आईसकेको थियो। लकडाउनको प्रभावले दैनिक ज्यालादारी गरी खानेलाई र छिमेकी रास्ट्र भारत बाट्ट आउने औषधी समेत नपाएर वीरगंजमा समस्या देख्न शुरु भईसकेको थियो।
म भोलेन्टियर समुह वीरगंज संग पनी आबद्ध छु। केही संस्थाहरू मिलेर प्रहरीको समन्वयमा हेल्पडेस्क चलाउने कुरा आयो र हामी लाग्यौ जस्मा औषधी व्यवस्थापनको जिम्मा सानोपाईला संस्थाले लियो र दैनीक ज्यालादारी गरी खानेहरूका लागी खाधान्न वस्तुको व्यवस्थापनमा युवा वचन संस्था, भोलेन्टियर समुह वीरगंज र मानव सेवा आश्रम वीरगंज लाई जिम्मा आफैमा बाडफाड गर्यौ र तै अनुसार बिभिन्न ठाउ बाट्ट फोन आएपछी हाम्रो संस्थाका साथीहरूले खाधान्न लगायत औषधीहरू पुर्याउनुहुन्थ्यो।
सबै कुरा ठिक तरिकाले चलिरहेको थियो। म पनी रेडियो र हेल्पडेस्कको काम मा व्यस्त हुन्थे।
एकजना पत्रकार माथी प्रहरी द्वारा दुरव्यवहार भयो भनेर खबर आयो र बिस्तारै पत्रकारहरू जि प्र का पुग्नथाल्नुभो त्यती खेर म जिल्ला मै औषधीको लागी गएकोले त्यही अधिंकाश पत्रकारहरू संग भेट भयो।एकछिन म पनी बसे र आवश्यक कामको लागी जानुपरेकोले गर्दा म त्याहाबाट्ट निस्किए।
त्यको भोलीपल्ट पत्रकार माथी भएको दुरव्यवहार गर्ने प्रहरी बिरुद्ध घंटाघरमा धर्ना कार्यक्रम थियो तर बिहानै देखी पानी परेकोले म सहभागी हुन पाईन्।तर उक्त कार्यक्रम को भोली पल्ट घंटाघरमा सम्पूर्ण संचारकर्मी जम्मा भई प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र दिने निर्णय भएछ र तेसै अनुसार सबै जन्ना जम्मा भइरहनुभाको थिए म पनी गए ।
घंटाघर बाट सबै संगै जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र दिदा सम्म सबैजन्ना संगै रहयौ र त्यो दिनको कार्यक्रम सक्यौ तर एफ एम मा यस्तो महामारी लगायत बिभिन्न बिषयमा कसरी बचेर रिपोर्टिंग गर्दा ठिक होला भन्ने बिषयमा सानो मिटिगं थियो र त्यहा लगभग छौ सात जन्नाको समूह मा करिब एक घन्टाको मिटिंग सकेर म घर फर्के।
घर पुगेको केही बेरपछी वीरगंजमा 39 जन्ना सहित 57 जन्नामा कोरोनाको लक्ष्ण देखिएको खबर आयो त्यो हेर्दैगर्दा एक जन्ना सहकर्मीले फोन गरेर आतिदै भन्नु भयो “वीरगंजका पत्रकारलाई समेत कोरोना पोजेटिभ रिपोर्ट आएकोले तुरुन्त परिवारसंग टाढा हुनुस हाथ धुन भन्नुस र तपाई चाडै घंन्टाघर अउनुस स्वाब संकलन गराउन्न जानु पर्छ सबै जन्ना जम्मा हुदैछन”। यती कुरा सुनेपछी सुनेकै भरमा अब आफुलाई पनी शरिर तातो भएको जस्तो हुन थाल्यो। हत न पत घंन्टाघर पुगे अरु जनाको आउने क्रम जारी थियो। सबै आफैमा कुरा गरिराथे के गर्ने कसो गर्ने कोई भने नारायणी हास्पिटलका मेसु लाई फोन लगाउन् व्यस्त थे तर जती सुकै प्रयास गरेपनी फोन उठेन वाहा मिटिंगमा हुनुहुन्छ भनेर जानकारी आयो ।
धेरै बेरको पर्खाई पछी सबै आ आफ्ना घर जाउ छुट्टै बसौ अनी फोनबाट्ट सल्लाह गरी के कसो गर्नु पर्छ गरौला भन्दै आफ्नो घर तिर लाग्यौ। अरु दिनको भन्दा फरक व्यवहार थियो मेरो। घर पुग्नासाथ पानी तताउन भने गाडी बाहिरै सेनिटाईज गरे, कपडाहरू तताएको पानीमा धोएर आफै सुखाउनलाई राखेर नुहाई धुवाई गरी सिधा आफ्नो कोठामा गए र यो कोठामा कोई पनी नआउनु भने । के भयो भनेर सबै जना सोध्नथाल्नुभयो तर केहि नबोली यतीकै हो भनेर उत्तर दिए । मेरो यस्तो व्यवहार मेरो परिवारको लागी नया थियो तर बताएपछी परिवारलाई अर्कै चिन्ता हुन्छ भनेर बताउन ठिक बुझिन। दाईका छोरा छोरीहरू कोठा बाहिरको गेटबाट्ट टुलु टुलु हेरिरहे नजिक भने आउन्न दिईन्।
ओछ्यानमा पल्टेको केहि बेरमा एकजाना साथीको फोन आयो चौक तिर घुम्न जाउ भनेर तर मईले माथीका सबै कुराहरू बताउदै म जान्न सकदिन भने । त्यसको केहि बेरमै एक जना अर्को साथीले फोन गर्न साथ भन्यो “के छ खबर तेरो साथीलाई कोरोना भको हल्ला सुने तैले आफ्नो चेक गराईस…. म केहि बोलुम तबसम्म फेरी भन्यो बिना चेकअपको गाउमा आईस भने म सबलाई भन्दिन्छु है” भन्दै मलाई अझै त्रसित बनायो तर जसोतसो भने ल जा गएर भन्दे भन्दै फोन राखे केहि बेर निदाउन्न खोजे यो सब हुदा सम्म साझ परिसकेको थियो ।
आख नलागेकोले  मोबाईल खेलाउन थाले भोली सबै पत्रकारको स्वाब सक्लंन हुन्छ भनेर एक जनाले मैसेज पठाउनुभकोरहेछ म पनी अरुलाई तै मैसेज पठाउन् थाले तबसम्म खाना खाने बेला भईसकेको थियो । अरुदिनहरूमा परिवारका सदस्यहरू संगै खान्थे त्योदिन भने मेरै कोठामा खाना ल्याईदिनु आमालाई अह्राए र म आफै पानी ल्याएर बसे खाना सकाएर थाल मास्नैलाग्दा आमा र भाउजु कराउन् थाल्नुभयो “हैन के भाको आज सबै संग टाढा बसिरहनुभाछा र थाल पनी आफै मस्काउन थाल्नुभो । म कोठामा फर्के, सुतने बेला चिन्ताले उथलपुथल भएकोलेगर्दा सुत्नै सकिन्न।त्यो रात कोठाको बत्ती बती पनी निभाईन् र ढोका पनी खुलै छोडे मोबाईल चलाएरै बिहान्न भयो तर  बाबाले आउने जाने बहाना गरी रातभरी मा 5/6 पल्ट कोठा भीत्र हेर्न खोजनुभाको मईले महसुस गरे।
बिहान् आमाले तातो पानी दिदै मलाई उठाउनुभयो । दश बजे नारायणी पुगने कुरा थियो म सबै काम सकाएर मेरै गाउ तिरको एक जना हुनुहुन्थियो निषेधाज्ञाले गर्दा हामी पैदल  नरायणी पुग्यौ । हामी पुग्दा सम्म धेरै भिड भईसकेको थियो कतीले स्वाब संकलन गराईसकनुभाथियो । चर्को घाममा एक घन्टा लाईनमा बसेपछी किट सकिसकेकोले अब आज हुदैन्न भोली हुन्छ भनेर खबर आयो यो अर्को आफत थियो किन भने त्यती टाढा बाट्ट हामी पैदल पुगेका थियौ। एक जनाले बेल्का पाचँ बजे पनी संकलन हुन्छ भनेर भने अनी सेना परिचालन भईसकेकोले हामलाई जान्न आउन्न गार्हो भएकोले आजै गराई हालौ भनेर छौ सात जन्नाको समुह हास्पिटलको पस्चिम पट्टीको सानो पार्कमा बस्यौ।
समय संगै डर पनी बढन थाल्यो पाचँ बजे सम्म कुनै सुरसार र आधिकारिक मान्छे संग सम्पर्क हुन नसकेकोले हामी घर फर्कयौ संकलन भने धेरै पछी भएको खबर पाए। घर आएर आफ्नो कोठामा पसे यतिकै मोबाईल चलाईरहदा आफुले चिनेको र राम्रै सम्बन्ध भएको एक जन्ना वार्ड अध्यक्ष लाई आफ्नो स्वाब संकलन गराई दिनलाई मैसेज गरे तर त्यो मैसेजको अत्तर आज पाचँ दिन बितिसक्दा पनी आएको छैन्। वहाले मेरो साथीहरूसंग मेरो खबर सोधनुभाछ भनेको कुरा पनी सुने तर मेरो मैसेजको उत्तर दिन अहिले सम्म भयाउनसक्नुभाछैन्न।
 मईले आफै नारायणी पुगेर स्वाब संकलन गराएर घरमै डराउदै तिन दिन एकान्त बास बसेपछी रिपोर्ट आयो र रिपोर्ट निगेटिभ भएको कुरा थाहा पाए पछी मनलाई राहत भयो र भगवानलाई गुहार्दै यो चार पाँच दिन भीत्र बितेका सबै कुरा मनन गर्न थाले कि परेको बेला सधै संगै घुम्ने साथीले धम्की दिएको र आफ्नै हुनुहुन्छ भनेर धाक लगाउने अध्यक्ष सम्म पनी काम लागेन्न संगै हल्ला मात्रै फैलिदा गलत व्यवहार गर्ने हाम्रो समाजले पुस्ठि भईसकेकाहरूसंग र तिनका परिवारसंग कसरी व्यवहार गरिराहोला भन्ने मेरो प्रशन अझै छ ? आफ्नो परिवार बाहेक अरु कसै माथी विश्वास र आस नगरेकै बेश लगायतका पाठ सिखायो कोरोनाको त्रासले – श्याम सरार्फ (वीरगंज)
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...