22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

लकडाउनमा पनि तस्करी, दशगाजामा पक्राउ परेकाे ट्रेक्टर छाेडियाे

वीरगंज । लकडाउनमा पनि पर्साकाे ग्रामिण भेगकाे खुल्ला सिमा नाका भएर हुने गरेकाे तस्करी रुकन सकेकाे छैन् ।

छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मिर्जापुर र भलुवहिया, वडा नं. ५ स्थित पर्ने भिस्वा लगायतकाे सिमानाकाबाट लकडाउनमा पनि हुने गरेकाे तस्करी रुकन नसकेकाे हाे ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा पनि भारतिय र नेपाली तस्करहरु पर्साकाे ग्रामिण भेगकाे मिर्जापुर – भलुवहिया सिमा नाका तस्करीकाे मूल हब बनाएका छन् ।

यसै बिच बुधबार विहान छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापुर स्थित सिमाबाट एक ट्रेक्टर किराना सामान सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट बन्जारीले पक्राउ गरेकाे थियाे ।

समाचार स्राेतका अनुसार त्येसकाे केही बेरमा भारतिय नम्बरकाे ट्रेक्टरमा लाेड रहेकाे चिनी, मैदा, सुजी, खाने तेल, आलु, पियाज, बिस्कुट गुट्खा, सुर्ती लगायतका किरा सामग्री छुट्टाउन मिर्जापुरका स्थानियहरु जम्मा भई केही बेर हुहल्ला गरे पछि तस्करहरु इन्जिन लिएर भाग्न सफल भए ।

त्ससकाे केही बेरमा किराना सामग्री लाेड रहेकाे बाकी रहेकाे टेलर पनि सशस्त्र प्रहरीले छाेडि दिएकाे थियाे ।

यस बिषयमा सशस्त्र प्रहरी बाेर्डर आउट पाेष्ट बन्जारीका प्रहरी निरिक्षक हरि पराजुलीसंग बुझ्दा दशगाजा क्षेत्रमा मान्छे मरेकाे बेला काम क्रियाकाे लागि ल्याउदै गरेकाे आलु, प्याज लगायतकाे किराना सामग्री हामीले राेकेर फिर्ता पठाइदिएकाे वताए ।

यस्तै भिस्वा स्थित खुल्ला सिमा नाका भएर सशस्त्र प्रहरी कै मिलाेमताेमा तस्करी भइरहकाे हाम्रा सम्वाददाताले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.112 sec. Memory consumption:81.4 mb