21.3 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

कोरोना कहर : घरकाे छतमाथी मनाइयो चैते छठ

वीरगंज । ‘कोभिड १९’ महामारीको असर तराई मधेसमा मनाइने चैते छठ पर्वमा पनि परेको छ । चैते छठ तलाउ, पोखरी लगायतका जलाशयमा छठघाट तयार पारेर सामुहिक रूपमा पूजाअर्चना गरेर मनाइने चलन छ । तर सोमबार परेको चैते छठ भने कोरोनाको महामारी फैलने डरले महिलाहरूले जलाशयमा नगइ आ-आफनै घरमा छठी माताको प्रतिमा सिरसोता बनाएर मनाएका छन् ।

वीरगन्जमा झण्डै दुइ दर्जन स्थानमा रहेका छठ पूजा व्यवस्थापन समितिले पनि एक साता पहिले नै सार्वजनिक सूचना निकालेर सोमबारको चैते छठ, जलाशयको छटघाटमा नभइ आ-आफनै घरभित्र मनाउन आग्रह गरेका थिए ।

चैते छठ पर्व पनि तराईमा कार्तिकमा मनाइने छठ जस्तै आस्थाका साथ मनाइन्छ । तर कोरोना संक्रमणबाट जोगिन देश नै लक डाउन भएपछि सोमबार महिलाहरू जलाशयमा नगइ आ-आफनो घरमै छठ पर्व मनाएका हुन् ।

केही छठ ब्रतालुहरुले आफ्नाे घरकाे छत माथी सिरसाेता र अर्घ दिने जलासय बनाएर मनाउदै छन् भने केहीले घर भित्र नै छठी माताको प्रतिमा सिरसोता बनाएर चैते छठ मनाइरहेका छन् । भाेली विहान उदाउदाे सुर्यलाई अर्घ दिए पछि छठ पुजाकाे समापन हुने छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

कालिका टाईम्स

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स
SQL requests:216. Generation time:4.177 sec. Memory consumption:81.5 mb