21.3 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

लकडाउनमा एन.आई.सी. बैंककाे फाेन सहायता केन्द्र संचालन

वीरगंज । एनआईसीएसिया बैंकले प्रदेश नम्वर दुईमा पाँच ठाँउमा ग्राहक सेवा केन्द्र तोकेको बैंकले जनाएको छ । सो बैंकले सर्वसाधारण जनताको गुनासो र आर्थिक रुपमा अब आउने दिनमा पर्ने अफ्टेरोपनलाई हटाउने उद्देश्यका साथ यो कार्यक्रम अघि सारेको हो ।

सरकारले कोरोना भाईरसको महामारीमा फोनबाटै ग्राहकको गुनोसोहरु बुझ्न र संवोधनकालािग ग्राहक सहायता केन्द्र सन्चालनमा ल्याएको एनआईसी एसिया बैंक प्रदेश नम्बर २ का प्रमुख प्रकाश चन्द्र अधिकारीले जानकारी दिए ।

बैकले दिएको जानकारीका अनुसार सो बैकको बिरगंज शाखामा पुजा खेतान, अमृत राना, चन्द्रनिगाहपुर शाखामा बिशाल शर्मा, रवी थापा, हरिवन शाखामा सुनित श्रेष्ठ, सुमन सिंह, जनकपुर शाखामा उत्सुक श्रेष्ठ, ईश्वर आचार्य, लहान शाखामा मुकेश कुमार साह, प्रदिप कुमार साह, संतोष कुमार राठी, प्रकाश चन्द्र अधिकारी र प्रदेश नम्बर २ मा मनु प्रसाद शर्मा र गोपाल प्रसाद सुबेदी रहेको एनआईसी एसिया वीरगंज लिंकराेड शाखाका शाखा प्रबन्धक हासिम मंसुरीले जानकारी दिए ।

यस्तै बैंकले लकडाउनकाे अवधिमामा पनि केही शाखाकाे संचालनमा ल्याएकाे प्रबन्धक मंसुरीले वताए । वीरगंजकाे शाखाका काउँटर विहान ११ बजे देखी दउसाे एक बजे सम्मकाे लागि संचालनमा ल्याइएकाे उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

साना किसान कृषि सहकारी संस्थाको पाँचौ साधारण सभा सम्पन्न

कालिका टाईम्स

‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थामा अनिश्चितकालीन तालाबन्दी

कालिका टाईम्स

बीवाईडी कम्पनीको गाडी खरिद गर्न सिटिजन्स बैङ्कले फाइनान्सिङ सुविधा उपलब्ध गराउने

कालिका टाईम्स
SQL requests:217. Generation time:3.800 sec. Memory consumption:81.64 mb