23.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

४२ किलोमिटर दौडको उपाधी सेनालाई

वीरगंज । नेपाली सेनाले सेना दिवसको उपलक्ष्यमा वीरगन्जमा आयोजना गरेको ‘एकताको लागि दौड’ वीरगन्ज म्याराथान प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबका खगेन्द्र बहादुर भाट्ले जित्न सफल भएका छन ।

रक्षा मन्त्रालय, नेपाली सेना मध्य पृतनाको अगुवाई र मध्य पूर्वी पृतनाको सहयोगमा नं. २८ बाहिनी अड्डाको आयोजनामा भएको म्याराथानमा ४२ किलोमिटरको दौडको उपाधी भाट्ले जित्न सफल भएका हुन । उनले नगद १ लाख २५ हजार रुपैया र टिभिएस कम्पनीको अपाची मोटरसाईकल समेत हात पारेका छन । भाट् नेपाली सेनाका अमलदार हुन् । त्यसैगरी द्धितिय र तृतिय उपाधी पनि त्रिभुवन आर्मी क्लबकै सेनाले हात पार्न सफल भएका हुन् ।

द्वतिय हुनेमा क्लबका राजन रोकाया र तृतिय हरि कुमार रिमालले क्रमश १ लाख ५० हजार र १ लाख रुपैया नगद पुरस्कार पाएका थिए । रोकाया सेनाका सुवेदार हुन भने रिमाल सिपाही हुन् । विजेताहरुलाई प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी र नेपाली सेनाका प्रधान सेनापति पुर्णचन्द्र थापाले पुरस्कार प्रदान गरी सम्मान गरेका थिए ।

सेनाले आयोजना गरेको वीरगन्ज म्याराथान प्रतियोगिता मध्ये ४२ किलोमिटरको दौड बाराको पिलुवा स्थित नेपाली सेनाको बाहिनीबाट बिहान शुरु भएको थियो । पिलुवाबाट शुरु भएको दौड बाराकै कलैया, गढीमाई मन्दिर हुदै पुन कलैयाबाट वीरगन्जको चण्डी प्रसाद गण सेनाको ब्यारेकमा आई समापन भएको थियो ।

त्यसैगरी २१ किलोमिटरको दौडमा महिला र पुरुष दुवै तर्फबाट त्रिभुवन आर्मी क्लबकै खेलाडीहरुले उपाधी हात पारेका छन । प्रथम, द्वितिय र तृतिय महिला तर्फ क्रमश राजपुरा पछाई, फुलमती राना र विन्दा श्रेष्ठ, र पुरुष तर्फ गजेन्द्र राई, दिपक अधिकारी र रामजी बस्नेत भएका थिए ।

२१ किलोमिटरको दौडका प्रथम, द्वितिय र तृतिय हुने विजेतालाई क्रमश ७५, ५० र ३५ हजार नगद सहित प्रमाणपत्र उपलब्ध गराई सम्मान गरिएको थियो । १० किलोमिटरको दौडमा सिभिलियन तर्फबाट पुरुष र महिला प्रथम, द्वितिय र तृतिय क्रमश, सागर श्रेष्ठ, दिनेश वोगटी, प्रिन्स कुमार गुप्ता, सकुन्तला ठगुन्ना, मन्जु राउत र शिला थापाले जित हासिल गरेको थिए ।

त्यसैगरी विभागियबाट त्रिभुवन आर्मी क्लबकै महिला र पुरुष तर्फ प्रथम, द्वितिय र तृतियमा क्रमश पूर्ण लक्ष्मी न्यौपाने, सरस्वती भट्टराई, विर्सना कुमाल, कल्याण बानिया, गणेश ठकुरी र टंक कार्की भएका थिए । विजेताहरुलाई २०, १५ र १० हजारको दरले नगद र प्रमाण पत्र उपलब्ध गराई सम्मान गरिएकाे थियो ।

प्रतियोगितामा ४० बर्ष भन्दा माथिको ५ किलोमिटरको दौडमा प्रथम, द्वितिय र तृतियमा क्रमश जय नरेश सिंह, राजेश्वर कुमार र श्याम चौधरी भएका थिए । उनीहरुलाई २०, १५ र १० हजार नगद र प्रमाण पत्र उपलब्ध गराई सम्मान गरिएको थियो ।

प्रतियोगितामा जेष्ठनागरिकहरुलाई समेत सहभागिता गराईएको थियो । ७० बर्ष भन्दामाथिका जेष्ठ नागरिकहरुको लागि १ किलोमिटरको दौड प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा सन्तोष महतो प्रथम भएका थिए । उनलाई नगद २५ हजार रुपैया सहित सम्मान गरिएको थियो । द्वितिय हुने अनिल मालाकार र तृतिय रमेश महतोलाई क्रमश २० हजार र १५ हजार रुपैया नगद उपलब्ध गराई सम्मान गरिएको थियो ।

वीरगन्ज महानगरपालिकाको संयोजकत्व, भिजिट नेपाल २०२० प्रदेश २ र वीरगन्ज उद्योग वाणिज्य संघको सह आयोजनामा गरिएको म्याराथान प्रतियोगितामा ५ हजार २ सय जनाले सहभागिता जनाएका थिए । जसमध्ये ४१ सय जनालाई नि:शुल्क टि सर्ट र टोपी उपलब्ध गराईएको थियो ।

“स्वच्छ देश—स्वस्थ मधेश” भन्ने मुल नाराका साथ ‘एकताको लागि दौड’ वीरगन्ज म्याराथन २०२० को आयोजना गरिएको थियो । म्याराथन प्रतियोगिताले प्रदेश २ मा खेलकुदको विकासमा टेवा पुग्ने, नयाँ खेलाडीको उत्पादन र पहिचान, विभिन्न निकायहरु संग सम्बन्ध विस्तार हुने र प्रदेश सरकारले संचालन गरेको स्वच्छता अभियानमा पूर्णरुपमा सहयोग पुग्ने उद्देश्य यो प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

१ किलो मिटर यात्रा देखि ४२ किलो मिटर म्याराथान दौड समावेश गरिएको थियो । ज्येष्ठ नागरिक, बालबालिका, महिला एवं फरक क्षमताका प्रतियोगीहरुका लागि विभन्न १४ समुहमा विभाजन गरिएको थियो । धावकहरुको सुरक्षाका लागि एम्बुलेन्स र हेलिकप्टरसमेत परिचालन गरिएको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:216. Generation time:2.784 sec. Memory consumption:81.58 mb