2 April 2025
KALIKATIMES.COM

बाेल्नु भन्दा पनि व्यवहारमा लागु गरेर देखाउन्छु : एसपि पन्त

वीरगंज । पर्साकी प्रहरी प्रमुख गंगा पन्तले बाेल्नु भन्दा पनि व्यवहारमा लागु गरेर देखाउने वताएकी छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा शुक्रबार पत्रकार भेटघाट तथा परिचात्मक कार्यक्रम गर्दै प्रहरी उपरिक्षक (एसपि) पन्तले वाेल्नु भन्दा पनि आफुले गरेर देखाउने वताइन ।

हरेक जिल्लाका भाैगाेलिक बनावट, आर्थिक तथा समाजिक प्रबेश फरक किशिमकाे भएका हुदा यहाँका चुनाैतिहरु पहिचान गर्दै अगाडी बढ्ने वताइन । उनले समाजिक अपराध तथा लैंगिक हिंसाकाे घटना स्थानिय सरकारकाे समन्वयमा नियन्त्र गर्ने वताइन ।

बिशेष गरी पत्रकारहरुकाे समन्वय र सहकार्यमा आफु अगाडी बढ्ने वताउदै उनले पत्रकारबाट सहयाेगकाे अपेक्षा समेत गरिन ।

प्रहरीले गरेकाे कामकाे मूल्यांकन नागरिक समाजबाट हुनु पर्ने उनकाे भनाई थियाे । प्रहरीकाे इमेज नराम्राे जादा आमजन्तामा खराब सन्देश जाने भएकाे हुदा प्रहरी कार्यालयमा पिडित एकलै आउने खालकाे वातावरण आफुले बनाउने उनले दावी गरिन ।

नराम्राे काम गर्नेलाई राम्राे काम गर्ने प्रेणा हुने खालकाे आफुले काम गर्ने उनकाे भनाई थियाे । थुनुवा कक्ष भर्नु भन्दा खाली गर्नु तर्फ मेराे प्रयास रहने प्रहरी उपरिक्षक पन्तकाे वताइन ।

पर्सा प्रहरी प्रमुखमा पहिलाे पटक कार्यभार समाहलेकी पन्तले खुल्ला सिमा कारण तस्कारी नियन्त्रण प्रहरीकाे लागि चुनाैति भए पनि सशस्त्र प्रहरीकाे समन्वयमा आफुले गर्ने वताइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:218. Generation time:4.071 sec. Memory consumption:82.7 mb