2 April 2025
KALIKATIMES.COM

वीरगंजस्थित रामजानकी मन्दिरको सांसद यादवद्वारा सिलान्यास

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १३ स्थित निर्माण हुने रामजानकी मन्दिरको शिलन्यास सांसद प्रदिप यादवले गरेका छन् । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदिप यादवले आफ्नो क्षेत्रको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको रामजानकी मन्दिरको विधिव्त तरिकाले शुक्रबार शिलन्यास गरेका हुन ।

समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले भवन सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै जातजाती समुदायको लागी जातीय संस्थाहरु पनि सक्रिय हुन जरुरी रहेको बताए । उनले मानसिक र शारिरीक स्वास्थयको लागी धार्मिक स्थलको धेरै नै महत्व रहेको भन्दै बालबालिकादेखी ज्येष्ठ नागरिकसम्मले मनमा शान्ति र मनोरञ्जन लिन समेत धार्मिक स्थलमा जाने गरेकोले यस्ता मठमिन्दरको संरक्षण गरी स्तरउन्नती गर्नु आवश्यक रहेको बताए ।

भवन सिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अंसारी, वीरगंज महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष तुफान अंसारी, विधार्थी नेता निखिल वर्णवाल, सफ्राज आलम, संसदीय प्रतिनिधि घन्शयाम गुप्ता लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:5.788 sec. Memory consumption:82.49 mb